निर्देशक समाजको अध्यक्षमा रक्षासिंह राणा | Khabarhub Khabarhub

निर्देशक समाजको अध्यक्षमा रक्षासिंह राणा


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल चलचित्र निर्देशक समाजको अध्यक्ष पदमा रक्षासिंह राणा अध्यक्ष पदमा विजयी भएकी छिन् ।

शनिवार राजधानीमा सम्पन्न भएको साधारणसभामा ३ वर्षे कार्यकालका लागि राणा चयन भएकी हुन् । अध्यक्षमा ४ जनाले उम्मेदवारी दिएका थिए ।

रक्षासिंह अध्यक्ष पदमा १ मतले विजयी भइन् । यस्तै निटकतम प्रतिद्वन्द्वी सुचित्रा श्रेष्ठले ४४ मत ल्याइन् । विजयी रक्षाले ४५ मत आफ्नो पोल्टामा पारिन् । अध्यक्षका अर्का उम्मेदवार लक्ष्मण रिजाल १९ मत ल्याए भने शेखर खनालले ३ मत प्राप्त गरे ।

यस्तै उपाध्यक्ष पदमा राजु अधिकारी विजयी भएका छन् भने महासचिव तर्फ जनकदीप सापकोटाले विजयी हासिल गरे ।

यस्तै सचिव पदमा अरुण कुमार प्रधान विजयी भएका छन् । यता कोषाध्यक्षतर्फ सुमुद्र भट्ट निर्विरोध विजयी भएकी थिइन् ।

३ वर्षपछि भएको निर्वाचनमा चल्तीका निर्देशकको भने उपस्थिति देखिएन । केही चर्चित निर्देशकले नयाँ सिराबाट निर्देशक समाजलाई अगाडि लैजान चाहेका थिए ।

किनकि, निर्देशक समाज लगभग गुमनाम छ । नयाँ कार्यसमितिले कम्तिमा काम गर्ने धेरैले आशा लिएका छन् ।

यस्तो छ कार्यसमितिमा चयन भएका निर्देशकको सूची:

अध्यक्ष- रक्षा सिंह राणा
उपाध्यक्षहरू- राजु अधिकारी र राजेन्द्र कुमार उप्रेती
महासचिव- जनकदीप पराजुली
सचिव- अरुण कुमार प्रधान
कोषाध्यक्ष – समुंद्र भट्ट
सह कोषाध्यक्ष – हरी सिलवाल
सदस्यहरू- किशोर भण्डारी, भीषण राई, दीपक ओली, राज बस्न्यात, देवेन्द्र पाण्डे, नविन अवाल, थमन सिंह पुर्जा र सुरेश न्यौपाने ।

मत विवरण:

रक्षा सिंह राणा – ४५ मत (विजयी)
सुचित्रा श्रेस्ठ- ४४ मत
लक्ष्मण रिजाल- १९ मत
शेखर खनाल – ३ मत

उपाध्यक्ष:
राजु अधिकारी – ५८ मत (विजयी)
विजय रत्न तुलाधर – ५७ मत
राजेन्द्र कुमार उप्रेती – ६२ मत (विजयी)
आरबिके शरद – २१ मत

महासचिव:
समीर बलामी- ४० मत
जनकदीप पराजुली- ६१ मत (विजयी)
दिनेश लिंगदेन – ११ मत

सचिव:
अरुण कुमार प्रधान – ५९ मत (विजयी)
जनक खड्का – ३६ मत
बिश्वमणि घिमिरे – १७ मत

निर्विरोध:
कोषाध्यक्ष – समुन्द्र भट्ट
सह कोषाध्यक्ष – हरी सिलवाल
सदस्यहरू- किशोर भण्डारी, भीषण राई, दीपक ओली, राज बस्न्यात, देवेन्द्र पाण्डे, नविन अवाल

मुख्य सहायक तर्फबाट सदस्य:
थमन सिंह पुर्जा, सुरेश न्यौपाने

 

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  २ : २६ बजे

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

इलाम– सुदुरपूर्वी जिल्ला इलाममा आइतबारदेखि उपनिर्वाचनको मतगणना रोचक ढ‌ंगबाट जारी

नेपालगञ्ज रङ्गशाला सुनसान

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य

बझाङमा कांग्रेसको अग्रता कायमै : एमाले २८४ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

बजेट नहुँदा एकीकृत मिलन बस्ती निर्माणमा ढिलाइ

गोरखा– भूकम्पपीडितलाई स्थानान्तरण गर्न निर्माण थालिएको गोरखाको भीमसेन थापा गाउँपालिका–५,

६ सय परिवारका लागि लिफ्ट आयोजना

नुवाकोट– तादीखोलाको पानी तानेर नुवाकोट दरबार क्षेत्र आसपासका बासिन्दालाई वितरण