काठमाडौंद्वारा पोखरालाई १ सय १६ रनको लक्ष्य | Khabarhub Khabarhub

काठमाडौंद्वारा पोखरालाई १ सय १६ रनको लक्ष्य


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) को उद्घाटन खेलमा काठमाडौं गोल्डेन्सले पोखरा पल्टनलाई १ सय १६ रनको लक्ष्य दिएको छ ।

पोखरा क्रिकेट मैदानमा भइरहेको खेलमा काठमाडौंले निर्धारित २० ओभर पुरा खेल्दै ८ विकेट गुमाएर १सय१५ रन मात्रै बनाउन सक्यो ।

टस हारेर पहिलो ब्याटिङ गरेको काठमाडौंका अग्रपङ्तीका ब्याट्सम्यान सस्तैमा आउट हुँदा पोखराले सानो लक्ष्य पाएको हो ।

काठमाडौंका लागि सुबोध भाटीले सर्वाधिक ४५ रन बनाए । उनले २९ बलमा ४ छक्का र ४ चौका प्रहार गरे ।

यस्तै काठमाडौंका लागि गौरव तोमरले १३ रन बनाए भने अन्य व्याट्सम्यानले राम्रो गर्न सकेनन् ।

काठमाडौंविरुद्ध पोखराका कुसल मल्ल, राशिद खान र ललित नारायण राजवंशीले समान दुई–दुई विकेट लिए भने प्रथमेस डेक र शरवजित लड्डावले समान एक–एक विकेत लिए ।

१ सय १६ रनको लक्ष्य पाएको पोखरा केही बेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  १ : ५६ बजे

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन