धनुषा बम विस्फोटमा संलग्न रहेको आशंकामा विप्लव समूहका पाँच जना पक्राउ | Khabarhub Khabarhub

धनुषा बम विस्फोटमा संलग्न रहेको आशंकामा विप्लव समूहका पाँच जना पक्राउ


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– शुक्रवार राति धनुषाको थिरेश्वरनाथ नगरपालिका–५ स्थित राजेश साहको घरमा भएको बम विस्फोटमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरु नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका रहेको प्रहरीको भनाइ छ ।

पक्राउ पर्नेमा विप्लव समूहका जिल्ला सचिव हंसपुर नगरपालिका–२ का ३२ वर्षीया ललिता देवी महरा लगायत पाँचजना छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

विस्फोटमा परी एकै परिवारका बाबु–छोरासहित एक प्रहरी निरीक्षकको मृत्यु भएको थियो ।

स्थानीय राजेश साहको घरको गेटमा राखिएको बम विस्फोट हुँदा राजेश र उनका २४ वर्षीय छोरा आनन्दको घटनास्थलमै मृत्यु भएको थियो भने सोही विस्फोटमा परी घाइते भएका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिरकुमार दाहालको उपचारका क्रममा ज्यान गएको थियो ।

विष्फोटमा परी राजेशका कान्छा छोरा प्रकाश, छोरी निक्कीकुमारी र बुबा भिखारी साह तथा प्रहरी जवान रिजनाथकुमार महतो घाइते भएका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  १ : २६ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला