सडक यातायातलाई सुरक्षित बनाउन तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई नेता नेपालको आग्रह | Khabarhub Khabarhub

सडक यातायातलाई सुरक्षित बनाउन तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई नेता नेपालको आग्रह


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सिन्धुपाल्चोकमा १४ जना को मृत्यु हुने गरि भएको बस दुर्घटनाले स्तब्ध बनाएको बनाएका छन् ।

उनले दु:खको यस घडीमा मृतकजनहरु प्रति हार्दिक श्रद्धान्जली, परिवार जनमा समवेदना साथै घाइते भएकाहरुको सिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

नेता नेपालले पछिल्लो समयमा सडक दुर्घटनामा ठूलो जनधनको क्षति भएको प्रति गम्भीर भई सडक यातायातलाई सुरक्षित बनाउन तत्काल प्रभावकारी कदम चाल्न नेपाल सरकार सहित सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराएका छन् ।

दोलखाको कालिञ्चोकबाट भक्तपुरतर्फ आउँदै गरेको बा ४ ख ४४६८ नं को रिजर्भ बस आज बिहान ८: १५ बजे सडकबाट करीब १०० मिटर तल खसेर दुर्घटना परेको थियो । दुर्घटनामा १४ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए ।

बस सडकबाट कम्तिमा पाँचसय मिटर तल खसेको छ । दुर्घटनामा ८ जना महिला, तीनजना पुरुष, दुई बालक र एक बालिका गरी १४ जनाको शव प्राप्त भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  १० : ५९ बजे

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

हेटौँडा– बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई

इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा टोटनहम हट्सपर पराजित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल