अपडेट : सिन्धुपाल्चोक दुर्घटना, ज्यान गुमाउनेको संख्या १३ पुग्यो | Khabarhub Khabarhub

अपडेट : सिन्धुपाल्चोक दुर्घटना, ज्यान गुमाउनेको संख्या १३ पुग्यो


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकमा आज बिहान भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।

बा ४ ख ४४६८ नम्बरको बस लामोसाघु–जिरी सडकखण्डको पाँच किलोमा आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउने १३ जनामध्ये ८ जना महिला, ३ जना पुरुष, एक बालक र एक बालिका रहेका प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख सई राजेश दाहालले घटनाको पुष्टि गरे ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्वारा भन्ने ठाउँबाट बस ५ सय मिटर तल खसेको छ

दोलखाको कालिन्चोक भगवतीको दर्शन गरेर भक्तपुर फर्किदै गरेको बस दुर्घटना भएको हो । बसमा करिब ३० जना जति सवार रहेका थिए । घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ९ : ४४ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय