अपडेट : सिन्धुपाल्चोकमा बस दुर्घटना, ४ जनाको मृत्यु | Khabarhub Khabarhub

अपडेट : सिन्धुपाल्चोकमा बस दुर्घटना, ४ जनाको मृत्यु


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सिन्धुपाल्चोकमा यात्रुबहाक बस दुर्घटना भएको छ ।

दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो ।

सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलोमा भन्ने स्थानमा बा ४ ख ४४६८ नम्बरको बस दुर्घटना भएको हो ।

खाडी चौरबाट पाँच किलोमिटरमाथि घुम्तीबाट बस तल खसेको सूचना आएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माका अनुसार दुर्घटनाको सूचना आएको भएपनि पूर्ण विवरण आएको छैन ।

उनले भने, ‘म अहिले घटनास्थलतर्फ जाँदै छु । दुर्घटना भएको हो भन्ने छ । धेरै क्षति भयो भन्ने पनि सुनिएको छ। अवस्था कस्तो छ घटनास्थल पुगेपछि मात्र थाहा हुन्छ ।’

कालिञ्चोकबाट फर्किएको बस सुनकोशी गाउँपालिका ७ स्वारामा दुर्घटना भएको हो । यो स्थान खाडी चौरबाट पाँच किलोमिटरको दूरीमा छ ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ८ : ५२ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर