इन्भेष्टमेन्ट बैंकले १९ प्रतिशत लाभांश दिने | Khabarhub Khabarhub

इन्भेष्टमेन्ट बैंकले १९ प्रतिशत लाभांश दिने


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेपाल इन्भेष्टमेण्ट बैंकले १० दशमलव ५ प्रतिशत वोनस र साढे ८ प्रतिशत नगद लाभांश दिने भएको छ ।

बैंकको सञ्चालक समितिको बैठकले कुल् १९ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । बैकले चुक्ता पूँजीको १९ प्रतिशतले हुन आउने २ अर्ब ४४ करोड ५२ लाख रुपैयाँ(करसहित) नगद र वोनस शेयर दिने निर्णय गरेको हो ।

बैकको साधारणसभा आगामी मंसिर २० गतेका लागि बोलाइएको छ । सञ्चालक समितिको बैठकले १ अर्ब ३५ करोड १३ लाख २३ हजार बराबरको वोनस शेयर र एक अर्ब ९ करोड ३९ लाख २८ हजार ६ सय ७४ रुपैयाँ बराबरको नगद लाभांश दिने निर्णय गरेको हो ।

नगद लाभांश र वोनस शेयर दिने निर्णय राष्ट्र बैकबाट समेत स्विकृत भइसकेको र आगामी मंसीर २० गते बस्ने साधारणसभा बैठकले पारित गरेपछि लागू हुने जनाइएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ९ : १६ बजे

माओवादीको संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने

काठमाडौं– सरकारले विश्व बैंकबाट उपलब्ध हुने करिब रु १३ अर्ब

स्वास्थ्य संस्था कानुनअनुसार सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियम विपरीत स्वास्थ्य सेवा सञ्चालन

आँबुखैरेनीमा ‘नमुना युवा संसद्’अभ्यास सुरु

दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिकामा नमुना युवा संसद् अभ्यास तथा नमूना

भारतमा लोकसभा निर्वाचन अवलोकन गर्न २३ देशका प्रतिनिधि उपस्थित

नयाँ दिल्ली– भारतको निर्वाचन आयोगले २३ देशका ‘निर्वाचन व्यवस्थापन निकाय’हरू