बंगलादेशका राष्ट्रपतिलाई रुपाकोटमा ठेकी उपहार | Khabarhub Khabarhub

बंगलादेशका राष्ट्रपतिलाई रुपाकोटमा ठेकी उपहार


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले विहीबार पर्यटकीयन नगरी पोखराको भ्रमण गरका छन् ।

भ्रमणकै क्रममा उनी कास्कीको रुपाकोट पुगे । त्यहाँ उनलाई सम्मानसहित गाउँपालिकाले उपहारस्वरुप काठको ठेकी प्रदान गरेको छ ।

फेवातालमा जलविहारपछि राष्ट्रपति हमित रुपाकोट पुगेका हुन् । रुपाकोट रिसोर्टबाट उनले हिमाल र तालको प्राकृतिक सौन्दर्यमा रमाएका थिए । उनले त्यहाँबाट देखिने माछापुछ्रे हिमालको दृश्यावलोकन गरे ।

राष्ट्रपति हमिदसँग भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत, आन्तरिक मामिलामन्त्री हरिबहादुर चुमान, प्रतिनिधिसभा सदस्य खगराज अधिकारीसँगै रुपाकोट पुगेका थिए ।राष्ट्रपति रुपाकोटबाट फर्किँदा स्थानीयले घाटु, सोरठी, झाँकीसहित स्वागतसँगै विदाई गरेका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ७ : १६ बजे

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश