पेस्तोल र पाँच राउण्ड गोलीसहित २ जना पक्राउ | Khabarhub Khabarhub

पेस्तोल र पाँच राउण्ड गोलीसहित २ जना पक्राउ


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनमा प्रहरीले पेस्तोल र पाँच राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।

राप्ती नगरपालिका–६ हर्दीबाट मेड इन युएसए लेखिएको अटोमेटिक पेस्तोल १ थान र ५ राउण्ड गोली सहित प्रहरीले २ जनालाई बिहीबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा दाङ तुल्सीपुर नगरपालिका–१२ धनोवरी बस्ने ३७ वर्षीय मधुकर केसी र सल्यान रिम गाउँपालिका–५ बस्ने ३३ वर्षीय नारायण बुढाथोकी रहेका छन् ।

उक्त स्थानमा बा. ८५ प ८०८४ नम्बरको मोटरसाइकल रोकी शंकास्पद रुपमा हिँडिरहेका उनीहरुले ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीलाई देख्नासाथ भाग्न खोजे पश्चात दुवैलाई नियन्त्रणमा लिई तलासी गर्दा ५ राउण्ड गोली लोड भएको उक्त पेस्तोल फेला पारेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ६ : ५४ बजे

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार