जापानले केयरगिभर बाहेको अन्य क्षेत्रमा पनि नेपाली कामदार लैजाने | Khabarhub Khabarhub

जापानले केयरगिभर बाहेको अन्य क्षेत्रमा पनि नेपाली कामदार लैजाने


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कामदार जापान लैजान दुई देशबीच भएको समझदारीअनुसार हाल नर्सिङ केयरगिभरका लागि परीक्षा लिइरहेको जापानले आगामी वर्ष मत्स्य व्यवसायसहित अन्य क्षेत्रमा पनि नेपाली कामदार लैजान सुरु गर्ने भएको छ ।

नर्सिङ केयरगिभरका लागि एक हजार जनालाई मात्रै परीक्षामा सहभागी बनाइएपछि देखिएको नेपाली पक्षको असन्तुष्टि आगामी वर्ष सम्बोधन गरिने वचन जापानी पक्षले दिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

जापानसँग नर्सिङ केयरगिभरसहित १४ वटा क्षेत्रमा नेपाली कामदार लैजान सकिने समझदारीमा उल्लेख छ । जापान र नेपालबीच कामदार लैजाने विषयमा भएको समझदारीअनुरूप पहिलो वर्ष नर्सिङ केयरगिभरका लागि परीक्षा भइरहेको छ।

भाषा तथा सीप परीक्षा गरी दुईथरी परीक्षामा उत्तीर्ण हुनेहरूले कामदारका रूपमा जापान जान पाउनेछन् ।

उक्त परीक्षामा एक हजार जनालाई मात्रै सहभागी बनाइएको र परीक्षाबारे जानकारी नदिइएको भन्दै नेपाली पक्ष असन्तुष्ट बनेको थियो ।

सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव दीपक ढकालका अनुसार त्यस असन्तुष्टिलाई आगामी वर्ष सम्बोधन गरिने जानकारी जापानी पक्षले गराएको छ ।

ढकालले भने, “यस विषयलाई उठाउँदा जापानले आगामी दिनमा अन्य क्षेत्र तथा बढी सङ्ख्यामा परीक्षा लिएर नेपालमा कामदारको लागि अवसर दिने कुरामा सकारात्मक रहेको पाइयो।”

आगामी वर्ष विभिन्न श्रेणीका लागि विभिन्न समयमा परीक्षा सञ्चालनको काम निरन्तर जारी राख्ने कुरा जापानी पक्षले नेपाली पक्षलाई आश्वस्त बनाएको उनको भनाइ छ ।

समझदारीमा कामदार लैजाने भनिएका १३ वटा क्षेत्रहरूमा कृषि, होटेल, उद्योग, सुरक्षा, सवारीसाधन मर्मतसम्भार, निर्माण आदि छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  १२ : ०९ बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको