अन्ततः रातो पासपोर्टमै अमेरिका उडे मुख्यमन्त्री राउत | Khabarhub Khabarhub

अन्ततः रातो पासपोर्टमै अमेरिका उडे मुख्यमन्त्री राउत


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत अमेरिका प्रस्थान गरेका छन् ।

एसोसियट अफ नेपाली तराईयन इन अमेरिका (एन्टा) को साधारणसभामा प्रमुख अतिथिको रुपमा सहभागी हुन उनी बुधबार अमेरिका गएका हुन् । साधारणसभा आउँदो शनिबार हुँदैछ ।

उनले सवै प्रक्रिया पूरा गर्दा पनि  कुटनीतिक राहदानी  दिन संघीय सरकारले लामो समयसम्म झुलाएको आरोप लगाएका छन् ।

कार्यक्रमका लागि असोज २९ गते नै मुख्यमन्त्री राउतले प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकमा आफ्नो अमेरिका भ्रमणको एजेण्डालाई स्वीकृत गराएका थिए ।

भ्रमणका लागि आवश्यक कुटनीतिक राहदानी प्रदान गर्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि गराएका थिए । प्रदेश सरकारबाट आवश्यक प्रक्रिया पूरा गरिसकेपछि राहदानीका लागि बाँकी प्रक्रिया पूरा गर्न संघीय सरकारसमक्ष सिफारिस गरिएको थियो ।

तर लामो समयसम्म झुलाएर मात्र उनलाई कुटनीतिक राहदानी प्रदान गरिएको उनको गुनासो गरे । मुख्यमन्त्री राउतसँग प्रदेशका मुख्य न्यायाधीवक्ता दिपेन्द्र झा पनि अमेरिका प्रस्थान गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शाखा अधिकृत पदमप्रसाद पोखरेका अनुसार २०८० भदौ १८ गतेसम्मका लागि मुख्यमन्त्रीलाई कुटनीतिक राहदानी प्राप्त भएको हो ।

कुटनीतिक राहदानी प्रदान गर्न गरिएको ढिलाइलाई लिएर मुख्यमन्त्री राउतले अमेरिका प्रस्थान गर्नुअघि एक सार्वजनिक कार्यक्रममा आफूलाई अपमान गरेको भन्दै दुखेसो पोखेका थिए ।

परराष्ट्र मन्त्रालयबाट सहमति पाएपछि मुख्यमन्त्री राउतले कात्तिक १९ गते कूटनीतिक राहदानी प्राप्त गरेका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ११ : २३ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध रोहित पौडेलको अर्धशतक

काठमाडौं- स्वेष्टइण्डिज ‘ए’ विरुद्ध​को टी–ट्वेन्टी सिरिज अन्तर्गत चौथो खेलमा नेपालका

गृहमन्त्रीले भने : अब कसैको खल्तीबाट नाम झिकेर कैद मिनाह हुँदैन

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पहुँच हुनेले मात्रै

अमेरिकी विश्वविद्यालयमा किन फैलिँदै छ आन्दोलनको आगो ?

एजेन्सी- प्रतिष्ठित अमेरिकी विश्वविद्यालयहरू केही सातायता आन्दोलनका केन्द्रबिन्दु बनेका छन्

काठमाडौंमा वायु प्रदूषणको कहर (तस्बिरहरू)

काठमाडौं – काठमाडौं आज फेरि वायु प्रदूषणको विश्वकै पहिलो प्रदूषित

जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

झापा– १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको बुद्धशान्ति