महिला भलिबल : उपाधीका लागि नेपाल र माल्दिभ्स भिड्दै | Khabarhub Khabarhub

महिला भलिबल : उपाधीका लागि नेपाल र माल्दिभ्स भिड्दै


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधिका लागि आज (बिहिबार) नेपालले माल्दिभ्संग प्रतिस्पर्धा गर्दैछ ।

बंगलादेशको ढाकास्थित शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।

समूह चरणको शीर्ष स्थानमा रहँदै फाईनल पुगेको नेपालले सहजै उपाधि जित्ने अनुमान गरिएको छ । लामो समय अन्तराष्ट्रिय उपाधिबाट तड्पिएको नेपाललाई बंगलादेशमा ईतिहास रच्ने अवसर समेत छ ।

समूह चरणको सबै खेलमा प्रभावशाली जित निकाल्दै सतप्रतिशत नजिता सहित नेपाल फाईनल पुगेको हो । समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई समान ३–० ले हराएको टिमसंग नेपालले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ ।

सोही कारण पहिलो संस्करणको एभिसी महिला सेन्ट्रल जोनको उपाधि नेपालले जित्ने आशा गरिएको छ । प्रतियोगितामा नेपालले अफगानिस्तान, कीर्गिस्तान, बंगलादेश र माल्दिभ्सलाई हराएको थियो ।

पहिलो संस्करणको प्रतियोगितामा नेपाल सहित पाँच राष्ट्र सहभागी छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ६ : ४२ बजे

पार्टी विभाजनविरुद्ध अदालत जाँदै जसपा नेपाल

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल आज

फिल्म ‘खजुरे ब्रो’ प्रिमियर (तस्बिरहरू)

काठमाडौं – मोडल तथा पूर्व मिस इन्टरनेशनल नेपाल नीति शाहको

दैनिक हिँड्नुका फाइदा

हिँडाइ सबै भन्दा सहज शारीरिक अभ्यास मानिन्छ। हिँड्न मन पराउनेको

सन्दीपको आक्रोस- गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फासी चढाइयोस्

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै

सुहाङ आज सांसद पदको शपथ लिँदै

काठमाडौं– गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा