अफताब आलमको सांसद हैसियत खोसियो | Khabarhub Khabarhub

अफताब आलमको सांसद हैसियत खोसियो


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रौतहट क्षेत्र नम्बर २ बाटा प्रतिनिसभा सदस्यमा निर्वाचित पूर्व मन्त्री एवम् नेपाली कांग्रेसका नेता मोहम्म अफताब आलमले सांसदको रुपमा पाउने पदीय हैसियत र सेवासुविधा रोक्का भएको छ ।

संघीय संसद सचिवालयले सूचना टाँस गरी पक्राउ परेको जानकारी गराएसँगै उनको सांसद पदको हैसिय र सेवासुविधा तत्कालका लागि रोकिएको हो ।

२७ चैत २०६४ मा भएको बम बिस्फोट तथा बम विस्फोट पछि घाइतेहरुको सामूहिक हत्या गरिएको घटनाको अनुसन्धानका क्रममा आलम आइतबार रौतहटस्थित आफ्नै घरबाट पक्राउ परेका थिए ।

संसद सचिवालयले सोमबार सूचना टाँस गरी आलम पक्राउ गरेको जानकारी गराएको छ ।

संसद सचिवालयले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २४४ को उपनियम (३) को प्रयोजनका लागि भनेर आलम पक्राउ परेको जानकारी दिएको हो ।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २४४ को उपनियम (३) अनुसार प्रतिनिधिसभाका कुनै सदस्यलाई फौजदारी अभियोगको अनुसन्धानका लागि पक्राउ गरेको जानकारी प्राप्त भएका सांसदको हैसियतले कुनै पनि कार्य गर्ने, कुनै अधिकार वा अन्मुक्ति प्राप्त नहुने उल्लेख गरिएको छ ।

जसअनुसार पक्राउ परेका आलमले प्रतिनिधिसभा सदस्यका रुपमा खाइपाइ आएको पारिश्रमिक, सेवा–सुविधा पनि रोकिने छ ।

१२ वर्षदेखि प्रहरीको खोजी सूचीमा रहेका आलम घटनापछि पनि चुनाव जितेर सांसद भएका थिए ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  १ : ५१ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र