अफताब आलमको सांसद हैसियत खोसियो « Khabarhub

अफताब आलमको सांसद हैसियत खोसियो


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रौतहट क्षेत्र नम्बर २ बाटा प्रतिनिसभा सदस्यमा निर्वाचित पूर्व मन्त्री एवम् नेपाली कांग्रेसका नेता मोहम्म अफताब आलमले सांसदको रुपमा पाउने पदीय हैसियत र सेवासुविधा रोक्का भएको छ ।

संघीय संसद सचिवालयले सूचना टाँस गरी पक्राउ परेको जानकारी गराएसँगै उनको सांसद पदको हैसिय र सेवासुविधा तत्कालका लागि रोकिएको हो ।

२७ चैत २०६४ मा भएको बम बिस्फोट तथा बम विस्फोट पछि घाइतेहरुको सामूहिक हत्या गरिएको घटनाको अनुसन्धानका क्रममा आलम आइतबार रौतहटस्थित आफ्नै घरबाट पक्राउ परेका थिए ।

संसद सचिवालयले सोमबार सूचना टाँस गरी आलम पक्राउ गरेको जानकारी गराएको छ ।

संसद सचिवालयले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २४४ को उपनियम (३) को प्रयोजनका लागि भनेर आलम पक्राउ परेको जानकारी दिएको हो ।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २४४ को उपनियम (३) अनुसार प्रतिनिधिसभाका कुनै सदस्यलाई फौजदारी अभियोगको अनुसन्धानका लागि पक्राउ गरेको जानकारी प्राप्त भएका सांसदको हैसियतले कुनै पनि कार्य गर्ने, कुनै अधिकार वा अन्मुक्ति प्राप्त नहुने उल्लेख गरिएको छ ।

जसअनुसार पक्राउ परेका आलमले प्रतिनिधिसभा सदस्यका रुपमा खाइपाइ आएको पारिश्रमिक, सेवा–सुविधा पनि रोकिने छ ।

१२ वर्षदेखि प्रहरीको खोजी सूचीमा रहेका आलम घटनापछि पनि चुनाव जितेर सांसद भएका थिए ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  १ : ५१ बजे

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली– कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो पीडित

राप्रपाको नवलपरासी जिल्ला अध्यक्षमा रामभवन यादव, नागार्जुनमा महेश रिमाल

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला

देउवा समूहको सम्मेलन : ५ प्रतिवेदन परिमार्जनसहित पारित

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले राजधानीमा भएको राष्ट्रिय भेलाबाट

कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेला : पाँच प्रतिवेदन पारित, महाधिवेशनको जिम्मा शशांकलाई

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले राजधानीमा आयोजना गरेको राष्ट्रिय

गृह जिल्ला पुगेका ओलीले भने- नेतृत्व फेर्ने होइन, पार्टी जागरण गराउने हो

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह जिल्ला झापा