जोर्डनविरुद्ध ८ वर्षअघि मैदान उत्रिएका थिए यी तीन खेलाडी | Khabarhub Khabarhub

जोर्डनविरुद्ध ८ वर्षअघि मैदान उत्रिएका थिए यी तीन खेलाडी


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –नेपाली राष्ट्रिय फुटबल टोलीले मंगलबार (भोलि) जोर्डनसँग खेल्दैछ । जोर्डनको अम्मान अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार राति पौने १० बजे खेल हुँदैछ ।

फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ अन्तरगत जोर्डनसँगको ‘अवे’ खेलमा भोलि नेपालले घरेलु टोलीको सामना गर्दैछ ।

आफूभन्दा फिफा वरियतामा ६३ स्थान माथिको टोलीसँग खेल्न लागेको नेपाल तेस्रो पटक विश्वकप छनोटमै जार्डनसँग खेल्दैछ । आजभन्दा ८ बर्ष अगाडि जार्डनसँगको खेलमा मैदान उत्रिएका ५ जना नेपाली खेलाडी अहिले पनि सक्रिय खेलाडी छन् ।

राष्ट्रिय टोलीका नियमित कप्तान विराज महर्जन, उपकप्तान भरत खवास, किरण कुमार चेमजोङ, सुजल श्रेष्ठ र रोहित चन्द अहिले २०११ मा भएको जार्डनविरुद्धको खेल खेलेका थिए ।

यसमध्ये विराज महर्जन र भत खवास मंगलबार जोर्डनसँग खेल्ने टोलीमा छैनन् । विराज फिटनेसका कारण टोलीमा नरहँदा भरत आर्मीको क्याम्पमा व्यस्त रहेकाले टोलीमा छैनन् । तर, रोहित चन्द, सुजल श्रेष्ठ र किरण कुमार चेमजोङ अहिले नेपाली टोलीका महत्वपूर्ण खेलाडीको भूमिकामा रहेका छन् ।

चेमजोङ कप्तानको रुपमा रहँदा सुजल र रोहित नेपाली टोलीको मरुदण्डका रुपमा मैदान उत्रिन्छन् । मंगलबार हुने खेलमा यसअघिको आफ्नो अनुभव लगाउँदै खेलेर नेपालका लागि राम्रो नतिजा दिलाउनु यी तिन खेलाडीका लागि चुनौति छ ।

यसअघि नेपालले जोर्डनसँ सन् २०११ जुलाई २३ र २८ मा खेलेको थियो। त्यतिबेला नेपाली टोलीले उसैको मैदानमा ९–० गोल अन्तरले पराजित भएको थियो भने काठमाडौंमा भएको होम गेममा १–१ गोल बराबरी खेलेको थियो।

टोलीका अन्य ८ जना खेलाडीका लागि जोर्डन नयाँ प्रतिद्वन्दी हुनेछ । तर, जोर्डनको टिममा पनि अहिले नयाँ अनुहार आएकाले नेपालले आफ्नै रणनीति अनुसार खेल्नु पर्ने फुटबल विश्लेषकहरु बताउँछन् ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  १ : ३० बजे

थरीथरीका गुराँसले ढपक्कै तीनजुरे (फोटो फिचर)

तीनजुरे– पूर्वी नेपालको तेह्रथुमस्थित लालीगुराँस नगरपालिका गुराँस पर्यापर्यटनको प्रवेशद्वार हो

ललितपुरमा आगलागी, एकै परिवारका पाँचजना जलेर घाइते

काठमाडौं- ललितपुरमा आइतबार आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका

नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील

सार्वजनिक शौचालय प्रयोग गर्दा नगर्नुहोस् यस्ता गल्ती

काठमाडौं– विशेष गरी सहरी भेगमा सार्वजनिक शौचालयको प्रयोग बढी हुने

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ