भारतीय टोलीका पूर्व कप्तान गांगुली भारतीय क्रिकेटको अध्यक्ष बन्दै | Khabarhub Khabarhub

भारतीय टोलीका पूर्व कप्तान गांगुली भारतीय क्रिकेटको अध्यक्ष बन्दै


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को अध्यक्षमा भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सौरभ गांगुली हुने भएका छन् ।

भारतीय सञ्चार माध्यमहरुले गांगुली बिसीसीआईकमो नयाँ अध्यक्ष र भारतका गृहमन्त्रीका अमित शाहका छोरा जय शाह सचिव बन्ने गरि बिसीसीआईको नयाँ कमिटी बन्न लागेको उल्लेख गरेका छन् ।

जय शाहसहित संयुक्त सचिव, उपाध्यक्ष र कोषाध्यक्ष पदका लागि उम्मेदवारको आधिकारिक घोषणा सोमबार हुनेछ ।

नाम दर्ता गर्ने अन्तिम दिन सोमबार अर्थान आज हो । तर चुनाव हुने सम्भावना नरहेको समाचारहरुमा जनाइएको छ । अहिलेसम्म कुनै पिन उम्मेदवारको विरोधमा अन्य कसैको उम्मेदवारी परेको छैन । बीसीसीआईको बोर्डका पाँच सदस्यको चुनाव २३ अक्टोवरमा हुने तय भएको थियो ।

क्रिकेट वेवसाइट क्रिक इन्फोले पनि गांगुली बिसीसीआईको नयाँ अध्यक्ष बन्न लागेको उल्लेख गरेको छ ।

मुम्बईमा आइतबार साँझ भएको राज्य क्रिकेट संघका प्रतिनिधिहरुको बैठकबाट यो सहमति निस्किएको बताइएको छ ।

४७ वर्षीय सौरभ गांगुली भारतीय क्रिकेट टिमका पूर्वकप्तान हुन् । उनी हाल बंगाल क्रिकेट संघका अध्यक्ष छन् । उनको पदावधि सेप्टेम्बर २०२० मा समाप्त हुँदैछ ।

त्यस्तै बीसीसीआई र कर्नाटक राज्य क्रिकेट एसोसिएसनमा काम गरिसकेका पूर्व क्रिकेट खेलाडी ब्रजेश पटेललाई आईपीएलको नयाँ अध्यक्ष बनाइने छ ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ९ : ३९ बजे

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि

घरमा आगलागी हुँदा सात लाख बढीको क्षति

डोटी – डोटीमा एक घरमा आगलागी हुँदा सात लाख बराबरको