मेस्सी बिना नै अर्जेन्टिनाको शानदार जित | Khabarhub Khabarhub

मेस्सी बिना नै अर्जेन्टिनाको शानदार जित


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले इक्वेडरमाथि शानदार जित हासिल गरेको छ । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी बिनानै अर्जेन्टिनाले इक्वेडरको पोस्टमा आधा दर्जन गोल गरेको हो ।

पहिलो हाफमा तीन गोल गरेको अर्जेन्टिनाले दोस्रो हाफमा थप तीन गोल गरेको थियो भने इक्वेडरले एक गोल फर्काएको थियो ।

अर्जेन्टिनाका लागि लुकास एलारिओले २० औँ गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै लिएनार्डो पारेडेसले ३२ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै खेल २–० को स्थितिमा पु¥याए । खेलको २७ औँ मिनेटमा इक्वेडरका जोन स्पिनोजाले आत्मघाती गोल गरेसँग अर्जेन्टिना ३–० को स्थितिमा पुगेको थियो ।

दोस्रो हाफमा इक्वेडरले खेलमा फर्किने संकेत देखाए पनि एक गोल मात्रै फर्काउन सक्यो । ४९ औँ मिनेटमा एन्जल मिनाले इक्वेडरका लागि एक गोल गरे। त्यसपटि अर्जेन्टिनाले तीन गोल थप्यो ।

६६ औँ मिनेटमा जर्मन पिजेला, ८२ औँ मिनेटमा निकोलास डोमिन्गुएज तथा ८६ औँ मिनेटमा लुकास ओकाम्पोसले गोल गर्दै अर्जेन्टिना ६–१ गोल अन्तरले विजयी भयो ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ८ : ५४ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र