विश्वकप छनोट : नेपालले मंगलबार जोर्डनसँग खेल्ने | Khabarhub Khabarhub

विश्वकप छनोट : नेपालले मंगलबार जोर्डनसँग खेल्ने


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ अन्तरगत नेपालले मंगलबार (भोलि) जोर्डनविरुद्ध खेल्दैछ।

छनोट खेलमा नेपालले जोर्डनसँग उसैको घरेलु मैदानमा खेल्न लागेको हो । नेपाल र जोर्डनबीचको खेल मंगलबार राति ९ बजेर ४५ बाट शुरु हुनेछ।

छनोटको चौथो खेल खेल्न लागेको नेपाल जोर्डनसँग सक्दो राम्रो खेलेर अंक खोस्ने लक्ष्यमा रहने छ । असोज २३ मा नेपालले अस्ट्रेलियासँग खेलेको थियो । जुन खेलमा नेपाल ५–० गोल अन्तरले पराजित भएको थियो।

छनोटको पहिलो खेलमा नेपाल कुवेतसँग ७–० ले पराजित भएको थियो भने चाइनिज ताइपेइसँ २–० गोलको जित हात पारेको थियो।

यसअघि नेपालले जोर्डनसँ सन् २०११ जुलाई २३ र २८ मा खेलेको थियो। त्यतिबेला नेपाली टोलीले अवे खेलमा उसैको मैदानमा ९–० गोल अन्तरले पराजित भएको थियो भने काठमाडौंमा भएको होम गेममा १–१ गोल बराबरी खेलेको थियो।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ७ : ४१ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, दल सम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव पेस हुने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित

काठमाडौं – विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार