महिला क्रिकेट लिगको तयारी अन्तिम चरणमा | Khabarhub Khabarhub

महिला क्रिकेट लिगको तयारी अन्तिम चरणमा


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वुमन्स च्याम्पियन्स लिग टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

असोज २९ गतेदेखि कात्तिक ७ गतेसम्म चल्ने प्रतियोगिताका लागि खेलाडी काठमाडौं आउनेदेखि मैदान व्यवस्थापनको काम भइसकेको आयोजक क्विन्स इभेन्ट मेनेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले बताए ।

‘प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगिसकेको छ। मैदान व्यवस्थापन लगायत प्राविधिक काम पनि भइसकेको छ’, लामाले भने, ‘प्रतियोगिताका लागि सहभागी टोलीहरु काठमाडौं आइसकेका छन्।’

वुमन्स च्याम्पियन्स लिगका लागि विभिन्न ५ शहरका ५ वटा टिम रहेका छन् । महिला क्रिकेट लिग नेपालमा पहिलो पटक आयोजना हुन लागेको हो।

प्रतियोगिता किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आयोजना हुनेछ। प्रतियोगितामा ललितपुर फाल्कोन्स, पोखरा पल्टन,क्यापिटल रोयल्स काठमाडौँ, चितवन राइनोज र विराटनगर टाइटन्सले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा २९ गते काठमाडौं क्विन्स र चितवन राइनोजले प्रतिस्पर्धा गर्दैछन्। लिग चरणको उद्घाटन हुने दिन बाहेक अन्य दिन २–२ वटा खेल हुनेछन् ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ७ : ०७ बजे

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार