मुसलमान बहिनीको हातबाट राखी बाध्छन् मोदी | Khabarhub Khabarhub

मुसलमान बहिनीको हातबाट राखी बाध्छन् मोदी


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वभरका हिन्दुहरुले बिहीबार रक्षाबन्धन मनाउँदै छन् । भारतमा दिदीबहिनीले दाजुभाइलाई राखी बाँधिदिएर रक्षाबन्धन मनाउँछन् ।

रक्षा बन्धनका दिन भारतका करोडौं मानिसहरुले दाजुभाइ–दिदीबहिनीको आपसी सम्बन्ध प्रगाढ बनाउनका लागि राखी बाध्ने चलन छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि हरेक वर्ष राखी बाध्दै आएका छन् । सुन्दा अचम्म लाग्नसक्छ, उनलाई राखी बाधिदिने उनकी बहिनी भने पाकिस्तानी मुसलमान हुन् ।

नरेन्द्र मोदीलाई कट्टर हिन्दूवादी नेता मानिन्छ । सञ्चारमाध्यममा उनी पाकिस्तान र मुसलमान धर्मावलम्बीप्रति अनुदार रहेको भन्ने टिप्पणी भइरहन्छन् । तर, नरेन्द्र मोदीले भने विगत ३६ वर्षदेखि पाकिस्तानी मुसलमान महिलाको हातबाट राखी बाध्दै आएका छन् ।

पाकिस्तानमा जन्मेर हाल भारतको अहमदावादमा बसोबास गर्दै आएकी कमर मोहशीन शेखको हातबाट मोदीले विगत ३६ वर्षदेखि राखी बाध्दै आएका छन् ।

ती महिलाले राष्ट्रिय स्वयंसेवक संघ आरएसएसमा काम गर्ने समयमा उनको मोदीसँग भेट भएको थियो । त्यसबेला देखि उनले मोदीलाई राखी बाधिदिने गरेकी छिन् । यो वर्ष पनि मोदीलाई राखी बाधिदिन उनी अहमदावादबाट नयाँ दिल्ली पुगिसकेकी छिन् ।

यो वर्ष भारतको स्वतन्त्रता दिवस र रक्षाबन्धन एकै दिन परेकाले मोदीले शुरुमा भारतको स्वतन्त्रता दिवससका दिन लाल किल्ला पुगेर सम्बोधन गर्नेछन् । त्यसपछि उनको हातबाट राखी बाध्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ८ : २८ बजे

सुहाङ नेम्बाङ : एमालेको विरासत जोगाउँदै नेताका रूपमा उदाए

काठमाडौं– नेकपा (एमाले) ले इलाम-२ को उपनिर्वाचनमा सुवासचन्द्र नेम्बाङका छोरा

तित्याङ–भकुण्डे सडक : ट्र्याक खुलेको २० वर्षपछि कालोपत्र

गलकोट– अहिले बागलुङ नगरपालिकाभित्रको सबैभन्दा अप्ठ्यारो सडकका रुपमा तित्याङ र

भीरबाट लडेर एक जनाको मृत्यु

ताप्लेजुङ– ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा भीरबाट लडेर आज एक जनाको मृत्यु

आजका समाचार: चुनाव लड्ने विप्लवको निर्णयदेखि कर्णालीमा सरकार विस्तारसम्म

समितिमा अड्किएका विधेयकहरू आगामी अधिवेशनअघि पारित गरौँ सभामुख देवराज घिमिरेले

सप्तरीको चिम्टीमा भीषण आगलागी

राजविराज– सप्तरीको महादेवा गाउँपालिकामा  आज भीषण आगलागी भएको छ ।