जम्मूमा प्रतिबन्ध हट्यो, कश्मीरमा यथावत | Khabarhub Khabarhub

जम्मूमा प्रतिबन्ध हट्यो, कश्मीरमा यथावत


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीनगर– भारतले जम्मू कश्मीर राज्यलाई पुनगर्ठन गर्ने निर्णयसँगै लगाइएको प्रतिबन्ध जम्मूमा हटाइएको छ ।

राजधानी श्रीनगरमा पत्रकार सम्मेलनका क्रममा त्यहाँका वरिष्ठ प्रहरी अधिकारी मुनिर खानले जम्मूमा लागेको प्रतिबन्ध पूर्ण रुपमा हटेको जनाएका हुन् । प्रशासनको पछिल्लो कदमसँगै जनजीवन सामान्य बन्दै गएको बताइएको छ । सडकमा मानिसहरुको चहलपहल बाक्लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यद्यपि कश्मीर उपत्यकाका केही स्थानमा भने प्रतिबन्धलाई निरन्तरता दिइएको उनको भनाइ छ । उनले त्यहाँका जनताले स्वतन्त्रता दिवस भव्यताका साथ मनाउन सकून् भन्नाका लागि प्रतिबन्ध फुकुवा गरिएको जनाए । गत अगष्ट ५ मा भारत सरकारले जम्मू कश्मीर राज्यको पुनगर्ठन गर्ने घोषणा गरेयता जम्मू कश्मीरमा प्रतिबन्ध लगाइएको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ७ : ४७ बजे

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी

क्यानडाका लागि नेपाली राजदूत पौड्यालबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले गभर्नर जलरल मेरी

बाँकेको क्षेत्रीय कारागार आजदेखि सञ्चालनमा आउने

काठमाडौं– बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माण भएको क्षेत्रीय कारागार आजदेखि

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली