नेपाल–भारत सम्बन्ध अन्तरनिर्भरः परराष्ट्रमन्त्री ज्ञवाली | Khabarhub Khabarhub

नेपाल–भारत सम्बन्ध अन्तरनिर्भरः परराष्ट्रमन्त्री ज्ञवाली


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारत सम्बन्ध अन्तर सम्बन्धित र अन्तरनिर्भर रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा भएको साक्षात्कारमा बोल्दै ज्ञवालीले नेपाल र भारत एक आपसमा विभिन्न तहबाट अन्तरसम्बन्धित भएकाले दुवैको भविष्य संगसंगै अघि बढ्नुमा निर्भर रहने बताए ।

सिन्धुपाल्चोकको जुरेमा पहिरो जाँदा भारत विहारका जनता चिन्तित बनेको प्रसंग उल्लेख गर्दै उनले दुवै देशलाई दुवै देशका राजनितिक, आर्थिक र सामाजिक अवस्थाले प्रभाव पार्ने बताए ।

जलमार्ग, कृषिमा साझेदारी लगायत आर्थिक विकासका अन्तरदेशीय विभिन्न योजनाहरु अघि बढीरहेको भन्दै उनले छिमेकी सम्पन्न हुनु र विपन्न हुनुको प्रभाव नजिकको छिमेकी मुलुकलाई पर्ने बताए । उनले डुबानको समस्या प्रति भने दुवै देश संवेदनशील बनी दुवै देशका नागरिकलाई केन्द्रविन्दुमा राखेर समस्या समाधान गर्नुपर्ने आवश्यकता रहेको तर्क गरे ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ७ : ३० बजे

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

इजरायलसँगको व्यापार बन्द गर्ने टर्कीको घोषणा

काठमाडौं– इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध

गुमनाम बन्दै टिम गेमलाई नयाँ आयाम दिने प्रतिभा

नेपाली खेलकुदको टिम गेमका महिला स्पर्धामा नेपालको उपस्थिति महत्त्वपूर्ण मानिएको