रिलिजअघि नै ‘साहो’ ले यसरी कमायो ३ सय करोड | Khabarhub Khabarhub

रिलिजअघि नै ‘साहो’ ले यसरी कमायो ३ सय करोड


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – जतिबेला देखि प्रभास र श्रद्धा कपूरको फिल्म ‘साहो’ को घोषणा भएको थियो, त्यतिबेला देखि नै यो फिल्मको चर्चा छ । ट्रेलर रिलिजपछि त फिल्मको अझ बढी चर्चा भइरहेको छ ।

फ्यानले यो फिल्मको लामो समयदेखि प्रतीक्षा गरेका छन् ।

फिल्मले रिलिजभन्दा पहिले नै ३ सय करोड भारु कमाइ गरिसकेको छ । भारतीय मिडियाका अनुसार यो कमाइ सबै भाषामा दिइएको राइटसबाट भएको हो । यसमा स्याटलाइट र वेब प्लेटफर्मको राइटस् जोडिएको छ ।

फिल्मले वेब र टिभी राइटस् विक्री गरेपछि अझै बढी कमाइ गर्ने अनुमान गरिएको छ । अड्कल त केसम्म गरिएको छ भने यो फिल्म यस वर्षको सबैभन्दा बढी कमाइ गर्ने फिल्म बन्न सक्छ ।

फिल्ममा प्रभास र श्रद्धाका अलावा निल नितिन मुकेश, चंकी पाण्डे, ज्याकी श्राफ, मन्दिरा बेदी लगायतका कलाकारको अभिनय रहेको छ ।

सिनेमा घरमा ‘साहो’ ३० अगस्तदेखि प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ५ : २१ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी