ओली, प्रचण्ड र नेपालबीच ‘कुरा नमिल्दा’ नेकपा सचिवालय वैठक स्थगित | Khabarhub Khabarhub

ओली, प्रचण्ड र नेपालबीच ‘कुरा नमिल्दा’ नेकपा सचिवालय वैठक स्थगित


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) तथा वरिष्ठ नेता माधव नेपालबीच सहमति जुट्न नसक्दा बुधबार बस्ने भनिएको नेकपा सचिवालय वैठक बिहीबारसम्मका लागि स्थगित भएको छ ।

विभिन्न विभागका विषयमा अध्यक्ष ओली तथा प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालबीच सहमति जुट्न नसक्दा बुधबारको सचिवालय बैठक स्थगित भएको हो ।

खासगरी स्कूल विभागका विषयमा विवाद रहेको नेकपा निकट स्रोतले जनाएको छ । स्रोतका अनुसार स्कूल विभागका विषयमा पूर्व माओवादी पक्षधर लचिलो भएपनि पूर्व एमाले पक्षका नेताहरुबीच मै विवाद देखिएको छ ।

नेकपा अध्यक्ष प्रचण्डले पूर्वप्रधानमन्त्री समेत रहेका सचिवालय सदस्य झलनाथ खनाललाई स्कूल विभाग प्रमुखमा सिफारिस गरेका थिए । तर, पूर्व एमाले पक्षधरहरु भने नेता खनाललाई स्कूल विभाग दिने विषयमै विवादित छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  २ : १३ बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा