कश्मीर अपडेट : बम विष्फाेटमा ज्यान गुमाउनेको संख्या ४० पुग्यो | Khabarhub Khabarhub

कश्मीर अपडेट : बम विष्फाेटमा ज्यान गुमाउनेको संख्या ४० पुग्यो


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारत प्रशासित कश्मीरमा भारतीय सुरक्षा बललाई निशाना बनाएर भएको बम आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या ४० पुगेको छ ।

जम्मु कश्मीर सरकारका सल्लाहकार के विजय कुमारले भारतको एएनआई समाचार संस्थालाई दिएको जानकारीअनुसार कश्मीरको अवन्तिपोरा क्षेत्रमा भएको आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या ४० आसपास रहेको जानकारी दिएका हुन् ।

यसअघि कश्मीरमा सक्रिय लडाकु समूह जैश ए मोहम्मदले जिम्मा लिएको आक्रमणमा भारतीय सुरक्षा बल सीआरपीएफका १२ सैनिकको ज्यान गएको समाचार आएको थियो ।

सडक नजिकै रोकेर राखिएको अटोरिक्सामा विष्फोटक पदार्थ राखिएको र सुरक्षा बलको सवारीलाई लक्षित गरी विष्फोट गराइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  ८ : २५ बजे

आज २०८१ साल वैशाख २६ गते बुधारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व