व्यापार घाटा सन्तुलन गर्दै निर्यात बढाऔंः राष्ट्रपति | Khabarhub Khabarhub

व्यापार घाटा सन्तुलन गर्दै निर्यात बढाऔंः राष्ट्रपति


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौै– राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा चुलिएको व्यापार घाटालाई सन्तुलन गर्दै निर्यात प्रवद्धन गर्नुपर्ने बताएकी छिन् ।

‘संघीय नेपाल, लगानी र समृद्धिको अवसर’ भन्ने नाराका साथ नेपाल उद्योग परिसंघ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयको संयुक्त आयोजनामा बिहीबार काठमाडौमा शुरु भएको पहिलो ‘नेपाल उद्यमशीलता सम्मेलन–२०१९’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा उद्यमशीलताका लागि युवा जनशक्तिलाई उत्प्रेरित गर्न, लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिइन् ।

सरकारी सेवालाई संस्थागत र सरलीकरण एवं सुदृढ गर्न व्यावसायिक शिक्षा र तालीमको व्यवस्था गरी उद्यमशीलताबारे राष्ट्रिय, क्षेत्रीय र अन्तराष्ट्रियस्तरमा अनुभव आदानप्रदान गर्नुपर्ने उनको भनाइ छ । राष्ट्रपति भण्डारीले नयाँ सोच, नयाँपन, नवीन प्रविधि र सिर्जनशीलताको विकासमा सहयोग पु¥याउनुपर्ने धारणा पनि राखिन् ।

मुलुकको आर्थिक विकासका लागि उद्यमशीलताबाटै स्वरोजगार एवं रोजगारी सिर्जना गर्न युवापुस्ताको भूमिका महत्वपूर्ण हुने उनले उल्लेख गरिन् । कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले मुलुकमा लामो समयसम्म अधिकारका लागि लडाइँ चलेको उल्लेख गर्दै अब आन्दोलनको मानसिकता त्यागी समृद्धिको लडाइँमा सबै एकजुट भएर लाग्नुपर्ने बताइन् ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले आर्थिक समृद्धिका लागि निजी क्षेत्र सरकारसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताउँदै पुराना कानून संशोधन गरी लगानीमैत्री बनाउन आग्रह गरे ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  ३ : १० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र