टोकियो ओलम्पिकको महिला फुटबलमा नेपाल र भारत एउटै समूहमा | Khabarhub Khabarhub

टोकियो ओलम्पिकको महिला फुटबलमा नेपाल र भारत एउटै समूहमा


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं– सन् २०२० मा जापानमा आयोजना हुने टोकियो ओलम्पिकअन्तर्गत महिला फुटबलको एशिया दोस्रो चरणको छनोटका लागि खेलतालिका सार्वजनिक भएको छ ।

एशियाली फुटलब महासङ्घ (एएफसी)ले बुधबार सार्वजनिक गरेको खेलतालिकाअनुसार दोस्रो चरणमा समूह ‘ए’ मा नेपाल, भारत र म्यान्मासँगै इन्डोनेशिया परेका छन् । यस समूहको सबै खेल आगामी अप्रिल १ देखि ९ सम्म म्यान्मामा हुनेछ ।

पहिलो चरणमा पनि यी तीनवटै राष्ट्रसहित बङ्गलादेश एउटै समूह परेका थिए । जसबाट म्यान्मा र भारत स्वतः छनोट हुँदा तेस्रो स्थानमा रहेको नेपाल उत्कृष्ट तेस्रो टोली बन्दै दोस्रो चरण पुगेको थियो ।

यस्तै समूह ‘बी’ मा हङकङ, जोर्डन, भियतनाम र उज्बेकिस्तान छन् भने समूह ‘सी’ मा चाइनिज ताइपेइ, इरान, फिलिपिन्स र प्यालेष्टाइन छन् । दोस्रो चरणबाट तीनवटा समूहको शीर्ष स्थानमा रहने टोलीहरु तेस्रो चरणमा प्रवेश गर्नेछन् ।

यसअघि नै ‘बाई’ पाएर अष्ट्रेलिया, उत्तर कोरिया, दक्षिण कोरिया, चीन र आयोजक थाइल्याण्ड तेस्रो चरणको छनोटमा स्थान बनाइसकेका छन् । यी पाँच र दोस्रो चरण पार गर्ने तीनसहित कूल आठ टोलीबीच तेस्रो चरणको छनोट खेल हुनेछ । जसमा चार/चार राष्ट्रको दुई समूह हुनेछ ।

दुवै समूहको शीर्ष दुई स्थानमा रहने टोलीहरु अन्तिम चरणको छनोटका लागि छानिनेछन् । त्यसबाट प्लेअफ खेलाउँदै दुई टोली ओलम्पिकका लागि छनोट हुनेछ । आयोजकका रूपमा जापान भने यसअघि नै छनोट भइसकेको छ ।

पहिलो चरणमा म्यान्मामा भएको समूह ‘सी’ अन्तर्गतका सबै तीन खेलमा बराबरी खेलेको नेपाल तीन अङ्कका साथ तेस्रो भएको थियो । नेपालले बङ्गलादेश, म्यान्मा र भारतसँग बराबरी खेलेको थियो । उक्त प्रतियोगितामा नेपालले खेलेको तीनवटै खेलमा बराबरी गर्दै दोस्रो चरणमा पुगेको थियो ।

पहिलो चरणमा सहभागी १८ टोलीलाई चार समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराइएको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  १ : २२ बजे

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश

जिल्ला कारागार सिरहाको अतिक्रमित जग्गा खाली गराउन माग

सिरहा – सिरहा जिल्ला कारागार कार्यालयको करिब तीन कठ्ठा अतिक्रमण

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि क्रिकेटमा नेपाल पराजितसम्म

संघीय संसद्‍को बजेट अधिवेशन आह्वान सरकारले संसद्को बजेट अधिवेशन आह्वान

मन्त्रिपरिषद् बैठक : संसद् आह्वान, डढेलो निभाउन सबै शक्ति लगाउने

सरकारले सरकारले वैशाख २८ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको

सरकारले गरिबी निवारणमा जोड दिनुपर्छ : ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले