बाचा पूरा गर्न नसक्दा दक्षिण कोरियाली राष्ट्रपतिले मागे माफी | Khabarhub Khabarhub

बाचा पूरा गर्न नसक्दा दक्षिण कोरियाली राष्ट्रपतिले मागे माफी


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल– दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले न्यूनतम पारिश्रमिक बढाउने आफ्नो बाचा पूरा गर्न नसकेको भन्दै सार्वजनिक रुपमा क्षमा मागेका छन् ।

राष्ट्रपति मुनले सन्देश जारी गर्दै यसअघि आफ्नो कार्यकालमा न्यूनतम पारिश्रमिक १० हजार वन प्रतिघण्टा पु¥याउने आफ्नो बाचा पूरा गर्न असमर्थ रहेको भन्दै क्षमा मागेका हुन् ।

नीति निर्माणसम्बन्धी सेना प्रमुख किम साङ जोमार्फत सार्वजनिक गरिएको सन्देशमा राष्ट्रपति मुनले भनेका छन्– ‘राष्ट्रपतिका हैसियतमा मलाई निकै अफसोस लागेको छ किनकि मैले दक्षिण कोरियाली जनतासँग वाचा गरे अनुसार मुलुकको न्यूनतम पारिश्रमिकको लक्ष्यलाई पूरा गर्न सम्भव भएन ।’

गत हप्ता श्रम तथा व्यापार प्रतिनिधि र विज्ञहरूको न्यूनतम पारिश्रमिक निर्धारण समितिमा भएको मतदानले अर्को बर्षदेखि लागु हुनेगरी २.९ प्रतिशत पारिश्रमिक वृद्धि गरेको थियो । पछिल्लो प्रावधान अनुसार अब दक्षिण कोरियाको न्यूनतम पारिश्रमिक प्रतिघण्टा आठ हजार ५९० वन कायम हुनेछ । दक्षिण कोरियाले सन् २०१९ का लागि गत बर्ष १०.९ प्रतिशत पारिश्रमिक वृद्धि गरेको थियो ।

यस बर्ष दक्षिण कोरियाको आर्थिक वृद्धिदर यस दशक मा नै सबैभन्दा कम भएकोले न्यूनतम ज्याला दर प्रतिघण्टा १० हजार कोरियन वन पु¥याउने लक्ष्यसहितको नीति असफल भएको हो । राष्ट्रपति मुनको पाँच बर्षे कार्यकाल सन् २०२२ को मे महिनामा सकिनेछ ।

मुलुकको आर्थिक, रोजगारी र बजारको ग्रहणशिलताको अवस्थालाई मध्यनजर गर्दै न्यूनतम पारिश्रमिक आयोगले कठीन निर्णय लिएको टिप्पणी गरिएको छ ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ८ : ३५ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम