चीनमा पुनः समातिए अर्का क्यानाडेली नागरिक | Khabarhub Khabarhub

चीनमा पुनः समातिए अर्का क्यानाडेली नागरिक


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओटावा– चीन र क्यानाडाबीच कूटनीतिक तनाव बढ्दै जाँदा अर्का एक क्यानाडेली नागरिक चीनमा पक्राउ परेका छन् ।

क्यानाडा सरकारका प्रवक्ताले जनाएअनुसार ती क्यानाडेली नागरिक पूर्वी चीनको यानाताई शहरमा पक्राउ परेका हुन् । पक्राउ परेका क्यानाडेली नागरिकको पहिचान र पक्राउ पर्नुको कारणबारे केही खुलाइएको छैन ।

यसअघि गत मंगलबार चीनले पूर्वी शहर शुझोउमा अधिकांश विदेशी शिक्षक तथा विद्यार्थी सहित १९ जनालाई पक्राउ गरेको थियो । ती विदेशीलाई प्रतिबन्धित औषधि कारोबारको आरोपमा पक्राउ गरिएको चीनको दाबी थियो ।

गत डिसेम्बरमा क्यानाडाले चिनियाँ प्राविधिक उपकरण निर्माता कम्पनी हुवावेकी प्रमुख वित्तीय अधिकारी मेङ वान्झुलाई पक्राउ गरी अमेरिकातर्फ सुपुर्दगीको पक्रिया अघि बढाएपछि क्यानाडा र चीनबीचको कूटनीतिक सम्बन्ध चिसिएको छ ।

क्यानाडाले आफ्ना नागरिक पक्राउ परेको घटना राजनीतिक स्वार्थबाट प्ररित रहेको भन्दै विरोध गरेको छ ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ८ : १५ बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा