न्यूजिल्याण्डद्वारा इंग्ल्याण्डसामु २ सय ४२ रनको लक्ष्य | Khabarhub Khabarhub

न्यूजिल्याण्डद्वारा इंग्ल्याण्डसामु २ सय ४२ रनको लक्ष्य


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वकप क्रिकेटको फाइनल खेलमा न्यूजिल्याण्डले घरेलु टोली इंग्ल्याण्डसामु २ सय ४२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

लर्ड्स मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४१ रन बनाएको हो ।

न्यूजिल्याण्डका लागि हेनरी निकोलसले सर्वाधिक ५५ रन बनाए । त्यस्तै, टम लाथमले ४७ र केन विलियमसनले ३० रन जोड्नुबाहेक अन्यले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।

न्यूजिल्याण्डका टम जिम्मी निसम र मार्टिन गुप्टिलले समान १९ रन बनाए भने कोलिन ग्राण्डहमले १६ र रस टेलर १५ रनमा आउट भए ।

म्याट हेनरी अन्तिम ओभरमा केबल ४ रन बनाएर आउट भए । मिचेल साट्नर ५ र ट्रेन्ट बोल्ट १ रनमा अविजित रहे । इंग्ल्याण्डका लागि लाम प्लङ्केट र क्रिस वक्सले समान ३–३ विकेट लिए । जोफ्रा आर्चर र मार्क उडको नाममा १–१ विकेट रह्यो ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ७ : ३२ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र