मौसम पूर्वानुमान महाशाखको सूचना जनस्तरमा पुर्‍याइनुपर्छः मन्त्री पुन | Khabarhub Khabarhub

मौसम पूर्वानुमान महाशाखको सूचना जनस्तरमा पुर्‍याइनुपर्छः मन्त्री पुन


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले जल तथा मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमानको सूचना जनस्तर सम्म पुर्‍याउनु पर्ने बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको निरीक्षण गर्दै मन्त्री पुनले पूर्वानुमानको सुचनालाइ विश्वासिलो बनाउदै जनस्तर सम्म लैजानु पर्ने बताउनु भएको हो । महाशाखाको नव निर्मित भवनमा रहेको मौसम पूर्वानुमान कन्ट्रोल कक्षको निरीक्षण गर्दै मन्त्रि पुनले पूर्वानुमान शाखालाई अत्याधुनिक प्रविधि सहित विश्वासिलो र भरपर्दो बनाउन सरकारले सहयोग गर्ने पनि बताए ।

मन्त्री पुनले जनतामा पूर्वानुमान महाशाखाले दिने सूचना भरपर्दो नहुने भन्ने मानसिकता रहेको भन्दै सूचनाहरु छिटो र भरपर्दो रुपमा जनतामा पुर्याउन विभागले काम गर्नु पर्ने बताए । पछिल्लो समय पूर्वानुमान महाशाखाको सुचनाले धेरै जन धनको क्षति हुन बचाएको भन्दै सूचना प्रवाहमा सबैले सहयोग गर्नुपर्ने बताए ।

नेपालको मनसुन असारको मध्यबाट मनसुन सक्रिय भइ साउन लागे पछि अधिक वर्षा हुने गर्दथ्यो तर यो वर्ष असारमा नै अत्याधिक वर्षा भएर ठुलो जनधनको क्षति भइ सकेको छ । पुर्वानुमान महाशाखाले देशको पूर्वी र मध्य क्षेत्रमा सतर्कता अपनाउन सूचना पनि जारि गरि सकेको छ । पछिल्लो केहि महिना यता मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिनको मौसम पूर्वानुमानको सूचना दिन थालेको छ । साथै सूचना भरपर्दो हुन थालेको छ ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ७ : १३ बजे

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम

दक्षिण पेरुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

लिमा– दक्षिणी पेरुको पुनो क्षेत्रमा सोमबार बिहानै एउटा यात्रुवाहक बस

भक्तपुरमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुर– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको मिलनचोकमा मंगलबार दुर्घटना हुँंदा एकजनाको मृत्यु