प्रधानमन्त्री रोजगार कार्यक्रमदेखि विशिष्टको बिजुली-पानीको बिलसम्म | Khabarhub Khabarhub

प्रधानमन्त्री रोजगार कार्यक्रमदेखि विशिष्टको बिजुली-पानीको बिलसम्म


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री राजगार कार्यक्रम: सके काम नसके निर्वाह भत्ता शीर्षकमा आजको राजधानी दैनिकले मुख्य समाचार छापेको छ । सरकारले आगामी पाँच वर्षमा बाध्यात्मक बनेको वैदेशिक रोजगारीको अन्त्य गर्ने लक्ष्यसहित प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ गरेको हो ।

त्यस्तै पत्रिकाले समाजकल्याण परिषद्मा व्यापक अनियमितता, दुई पूर्वमन्त्रीसहित ८ जना दोषी ठहर शीर्षकमा अर्को समाचार छापेको छ । सवै पदाधिकारीलाई बर्खास्त गर्न सिफारिस गरिएको समाचारमा उल्लेख छ ।

जग्गा भाडाका पछिल्ला सवै फाइल अख्तियारले कब्जामा लिएको छ । समाजकल्याण परिषद्का अध्यक्ष समेत रहेका तत्कालीन महिला बालबालिका तथा समाजकल्याणमन्त्री आशा कोइराला र विक्रमबहादुर थापासहित परिषद्का ८ जना पदाधिकारीले अनियमितता गरेको पाइएको छ ।

विशिष्टको निवासमा बिजुली र पानीमै ७५ लाख खर्च भन्ने शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापिएको छ । विशिष्टहरुले निवासमा ग्याँस चल्होदेखि विछ्यौनासम्ममा अपारदर्शी रुपमा खर्च भएको निष्कर्षसहित महालेखा परीक्षक कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मितव्ययीता अपनाउन निर्देशन दिए पनि अझै पालना नभएको पाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको एक वर्ष असफल भएको दाबी मधेवादी दलले गरेको आशय सहित ‘सम्झौता कार्यान्वयन गर्न सरकार असफल’ शीर्षमा समाचार छापिएको छ ।

त्यस्तै थाक्सिन सिनावात्राको पार्टी विघटन गर्ने तयारी शीर्षकको अर्को समाचार पनि छ । राजकुमारीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रयास गरेको आरोप लगाउँदै थाइल्याण्डको एउटा पार्टीलाई विघटन गर्ने प्रक्रिया शुरु गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  ५ : ३८ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम