न्यूयोर्कमा विद्युत सेवा अवरुद्ध, लाखौं मानिस प्रभावित | Khabarhub Khabarhub

न्यूयोर्कमा विद्युत सेवा अवरुद्ध, लाखौं मानिस प्रभावित


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क- अमेरिकाको न्यूयोर्क शहरको म्यानहटन क्षेत्रमा विद्युत सेवा प्रभावित हुँदा लाखौं मानिसहरु प्रभावित भएका छन् । म्यानहटनमा ट्रान्सफर्मरमा विष्फोट भएपछि विद्युत सेवा प्रभावित भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय समयअनुसार शनिबार बेलुकी ६ बजेर ४७ मिनेटदेखि म्यानहटनका केही क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको थियो । विद्युत सेवा अवरुद्ध हुँदा वेष्ट ४२ स्ट्रिट र वेष्ट ७२ स्ट्रिटमा सबैभन्दा धेरै असर परेको बताइएको छ । यसबाट ७३ हजारभन्दा धेरै घरमा बिजुली गएको थियो ।

त्यस्तै, सब-वे, सिनेमाघर र सडकबत्तिसमेत यसबाट प्रभावित भएका थिए । यद्यपि मध्यरातबाट अधिकांश स्थानमा विद्युत सेवा सुचारु भएको अधिकारीले जनाएका छन् ।

यसबाट कुनै मानवीय क्षति नभएको अमेरिकी अधिकारीले जनाएका छन् । विद्युत सेवा अवरुद्ध हुँदा ट्रान्सफर्मरमा विष्फोट भएको बताइएपनि उक्त विष्फोट हुनुको कारणबारे केही खुलाइएको छैन ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  २ : ५६ बजे

संरक्षण थालिएको ताल नै सुकेपछि…

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।