मलेसियाविरुद्ध टि–२० श्रृंखला जीतेपछि कप्तान खड्काले लेखे : जीत बाढीपहिरो पीडितमा समर्पित | Khabarhub Khabarhub

मलेसियाविरुद्ध टि–२० श्रृंखला जीतेपछि कप्तान खड्काले लेखे : जीत बाढीपहिरो पीडितमा समर्पित


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले मलेसियामाथि नेपालले हात पारेको जीत देशमा बाढीपहिरोबाट प्रभावित भएकाहरुलाई समर्पित भएको बताएका छन् ।

आइतबार नेपालले मलेसियाविरुद्ध किनरारा ओभलमा शृङ्खलाको दोस्रो खेल जित्दै २ खेलको टि–२० शृङ्खला क्लिन स्विप गरेको थियो । मलेसियाविरुद्ध जीत हात पारेको शृङ्खला नेपालको पहिलो पटक टि–२० अन्तर्राष्ट्रिय शृंखला हो।

जितपछि पारसले सामाजिक सञ्जाल फेसबुकमा च्याम्पियन भएको नेपाली टिमको तस्बिर राख्दै लेखेका छन्, ‘पछिल्ला दुई दिन सबैले राम्रो इफोर्टलगाउँदा राम्रो जित निकाल्यौं । सबैलाई धन्यवाद । हाम्रो जीत बाढी तथा पहिरोमा ज्यान गुमाएका र प्रभावितप्रति समर्पित गर्दछौं।’

मलेसिया भ्रमणमा रहेको नेपाली टोली जुलाई २०–२८ सम्म सिंगापुरमा हुने टि–२० विश्वकप एसिया फाइनलमा सहभागी हुन सिंगापुर जानेछ । सिंगापुरमा शीर्ष स्थानमा रहन सके नेपाल अक्टोबर, नोभेम्बरमा हुने ग्लोबल क्वालिफायरमा पुग्नेछ ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  २ : १४ बजे

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले

भारतको लगानीमा चितवनमा सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं- ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको

‘ऊर्जामा भू-राजनीतिक प्रभाव व्यवस्थापन गरौं, प्रसारण सञ्जाल बढाऔं’

काठमाडौं– नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि