बाढी पहिरोपीडितको उद्धार तथा राहतमा जुट्न कार्यकर्तालाई विप्लवको निर्देशन | Khabarhub Khabarhub

बाढी पहिरोपीडितको उद्धार तथा राहतमा जुट्न कार्यकर्तालाई विप्लवको निर्देशन


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अविरल वर्षापछिको बाढी पहिरो पीडितको उद्धार तथा राहतमा जुट्न पार्टी कार्यकर्तालाई निर्देश दिएको छ ।

एक विज्ञप्ति जारी गर्दै पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवले बाढीपहिरोको प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारजनप्रति सहानुभूति व्यक्त गरेको छ ।

मृतकका परिवारलाई अल्पकालीन, दीर्घकालीन, क्षतिको उचित राहत उपलब्ध गराउन र घरबास गुमेकालाई बास र रोजगारीको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।

प्रकृतिमाथिको अराजक, अनियन्त्रित दोहन, राज्यको पूर्व तयारीको अभाव, भारतसँग भएका असमान सन्धि सम्झौता, नेपाल भारत सीमानामा बनेका बाँध तटबन्धन र अन्तर्राष्ट्रिय कानून विपरित नेपाल भारत सीमानसँग टाँसिउर बनाइएका विशाल सडकहरुका कारण प्राकृतिक प्रकोपमा परी गरीब जनताले ठूलो जनधनको क्षति व्यहोर्न परेको विप्लवले जनाएका छन् ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  १२ : ५५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र