वास्तु शास्त्रानुसार भुलेर पनि यी चीज घरमा नराख्नुस्, अनिष्ठ हुन्छ | Khabarhub Khabarhub

वास्तु शास्त्रानुसार भुलेर पनि यी चीज घरमा नराख्नुस्, अनिष्ठ हुन्छ


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

घरको जग हाल्नेदेखि झ्याल ढोका कता राख्नेसम्मका कुरा वास्तु शास्त्रले बताउँछ । कुन ठाउँमा घर निर्माण गर्दा ठिक हुन्छ । यस विषयमा पनि वास्तुले बताउँछ । वास्तु शास्त्र अनुसार केही चिज घरमा राख्नु निकै अशुभ हुने र अनिष्ठ हुने बताइन्छ । शास्त्र अनुसार यी ६ चिज घरमा राख्न नहुने बताउँछ ।

परेवाको गुंड

परेवा शान्तिको प्रतिक भए पनि घरमा राख्नु हुँदैन । परेवाका लागि छुट्टै घर बनाइदिनुपर्छ । घरमा परेवाको गुँड भएमा यसले घरको शान्ति खल्बल्याई परिबारमा कलह उत्पन्न हुने शास्त्रले बताउँछ । त्यसैले घरमा परेवाको गुड छ भने त्यसलाई हटाएर अन्यत्रै सार्नु उपयुक्त हुन्छ ।

माकुराको जालो

यदी तपाइको घरमा माकुराले जालो बनाएको छ भने त्यसले तपाईलाई ऋणको भारी बोकाउँछ भन्ने मान्यता राखिन्छ । साथै माकुरोको जालोलाई अशुभको संकेत पनि मानिन्छ यस्ले दुर्भाग्य पूर्ण घटना निम्त्याउने शास्त्रले जनाउँछ । त्यसैले आफ्नो घरबाट त्यस्ता माकुराको जालो हटाएर सफा राख्नुपर्छ ।

फुटेको ऐना

यदी तपाइको घरमा ऐना फुटेको छ र त्यसलार्इ तुरुन्तै फाल्नुहोस् । फुटेको ऐनाले घरमा गरिबी निम्त्याउनुका साथै अनिकालको खतार रहने बास्तुशास्त्रले बताउँछ ।

चमेरो

तपाइको घरमा चमेराले गुड बनाएको छ भने सम्झनुहोस तपाइले थालेको नयाँकाम पूर्ण हुँदैन । चमेरालाई दैत्यको रूपमा हेरिने हुँदा यसले तपाइको घरको शुख शान्तिसंगै अने दुख कष्ट साथै तपाइको मृत्यु समेत निम्त्याउने खतरा रहने शास्त्रले बताउँछ ।

चर्केको भित्ता

घरको भित्ता चर्केको छ भने तुरुन्तै मर्मत गराइहाल्नुस्। यसले भित्ता केवल नराम्रो मात्रै देखाउँदैन, दुर्भाग्य र गरिबी पनि निम्त्याउँछ।

चुहिने धारो

चुहिने धाराले पानीमात्र बर्बाद मात्रै पार्दैन घरबाट सकारात्मक शक्ति बाहिर चुहिएको संकेत गर्छ। चुहिने धारा तुरुन्त मर्मत गर्नुस्।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ९ : १४ बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको