फ्यानको बारम्बार उही प्रश्न: राजेश दाइ, बुवा कहिले बन्ने? | Khabarhub Khabarhub

फ्यानको बारम्बार उही प्रश्न: राजेश दाइ, बुवा कहिले बन्ने?


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – महानायक राजेश हमालको बिहे नहुँदासम्म फ्यान र र उनी निकटले सधै सोध्ने प्रश्न हुन्थ्यो, तपाईंले बिहे कहिले गर्ने ? उनलाई यो प्रश्नले हैरानी दिने गर्थ्यो । त्यसो त हमाल सधै मिडियामा छाउने र धेरै अन्तर्वार्ता दिन रुचाउने अभिनेतामा पर्दैनन् ।

फिल्मी करिअरमा केही ब्याक गियर लागे पनि उनको व्यस्तता घट्दो छैन । सधै उस्तै व्यस्त छ । बेलाबेलामा फ्यानबीच ट्रोल हुँदा पनि उनी रमाइलो मानिरहेका हुन्छन् । हमालले मधु भट्टराईसँग बिहे गरेपछि बारम्बार सोधिँदै आएको प्रश्न ‘बिहे कहिले गर्ने?’ भन्ने प्रश्नबाट पन्छेका छन् ।

तर, आजभोलि भने हमाललाई ‘बिहे कहिले गर्ने ?’ को सट्टा कहिले बच्चा कहिले पाउने भन्ने प्रश्नले हैरान गरेको छ । एक अन्तर्वार्तामा हमालले भनेका थिए, ‘बच्चा पाउन मैले मात्र चाहेर हुने कुरा होइन, यसमा पत्नी मधुको पनि इच्छा हुनुपर्छ ।’

उनको भनाइअनुसार हमाल दम्पति अझै पनि बाबुआमा बन्नका लागि तयार छैनन् । यी दुवै खुशी जीवन बिताइरहेका छन् । फ्यानले बारम्बार बिहे कहिले गर्ने भनेर प्रश्न सोधिरहेपछि हमालले पनि भन्ने गरेका छन्, अब बिस्तारै बाबु बन्नुपर्छ ।

नेपाली फिल्म क्षेत्रका सेलिब्रेटीमध्ये बिहे र व्यक्तिगत जीवनबारे फ्यानले धेरैले चासो राख्ने अभिनेता पनि हमाल नै हुन् । आफूमाथि बनेका कमेडी कुरालाई पनि मजाक बनाइदिने हमालले झन् आजभोलि त बाबु कहिले भन्ने प्रश्नलाई पनि मजाककै रुपमा लिने गरेका छन् ।

पत्रकारले यो प्रश्न सोधिहाले भने यसलाई ठट्टाकै रुपमा लिन्छन् । हमालले मात्र होइन, अन्य कलाकारले पनि राजेश हमाल बाबु नबनेको विषयलाई लिएर व्यङ्ग्य गरिरहेका हुन्छन् ।

केही समयअघि ‘प्रेम गीत ३’मा प्रदीप खड्काका बाबु बन्ने हल्ला थियो । तर, अन्तिम समयमा आएर हमालले उक्त भूमिकामा अभिनय नगर्ने जानकारी दिए । अब वास्तविक जीवनमा कहिले उनलाई बाबु बन्ने मौका जुर्ला भन्नेमा फ्यानको निकै चासो छ ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ११ : ४६ बजे

थरीथरीका गुराँसले ढपक्कै तीनजुरे (फोटो फिचर)

तीनजुरे– पूर्वी नेपालको तेह्रथुमस्थित लालीगुराँस नगरपालिका गुराँस पर्यापर्यटनको प्रवेशद्वार हो

ललितपुरमा आगलागी, एकै परिवारका पाँचजना जलेर घाइते

काठमाडौं- ललितपुरमा आइतबार आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका

नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील

सार्वजनिक शौचालय प्रयोग गर्दा नगर्नुहोस् यस्ता गल्ती

काठमाडौं– विशेष गरी सहरी भेगमा सार्वजनिक शौचालयको प्रयोग बढी हुने

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ