३५ हजारमा 'रारा छायानाथ' घुम्न हेलिकप्टर प्याकेज | Khabarhub Khabarhub

३५ हजारमा ‘रारा छायानाथ’ घुम्न हेलिकप्टर प्याकेज


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– मुगुको रारा ताल क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ ।  रारा पुग्ने पर्यटकलाई थप घुम्ने र मनोरञ्जन दिन नसकिएको अवस्थामा असार पहिलो सातादेखि रारादेखि छायानाथ धाम पुग्न राराछाँयानाथ हेलिकप्टर प्याकेज शुरु हुने भएको छ ।

हिन्दूको चारधाममध्येको छाँया क्षेत्रधाम हेलिकप्टरमार्फत पुग्नका लागि भिजिट कर्णाली टुर एण्ड ट्राभल्सले हेलिकप्टर प्याकेज ल्याउन लागेको ट्राभल्सका सञ्चालक राजु कार्कीले जानकारी दिए । उनका अनुसार नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी यो सेवा शुरु गर्न लागिएको हो ।
महादेवले सतीदेवीको शव बोकेर घुम्दै जाने क्रममा अन्तिम अङ्ग पतन भएको र विश्वका चार वटा मुख्य धाममध्ये जेठो मानिएकाले पनि यसको विशेष महत्व रहेको छ ।

हेलिकप्टर यात्रामा ३० मिनेटमै छाँयानाथको दर्शन गरी हिमशृङ्खलाको अवलोकन गन पाइनेछ । यो प्याकेजका लागि प्रतिव्यक्ति शुल्क रु ३५ हजार लाग्ने कार्कीले बताए । भारतीय पर्यटकलाई कैलाश मानसरोवर जान विशेष प्राथमिकता दिइ सरकारको ध्यान केन्द्रित गराइने कार्कीले बताए ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ४ : ३४ बजे

काठमाडौं उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा

काठमाडौं । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन

जसपा विभाजन हुँदा सत्ता समीकरणमा कस्तो असर पर्ला ?

काठमाडौं– फागुन २१ गते बनेको सत्ता समीकरणको सदस्य घटक जनता

साइबर अपराधसम्बन्धी उजुरी बढे

बाँके – सूचना प्रविधिको विकाससँगै साइबर अपराधका घटना बढेको छ

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

काठमाडौं – सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक अर्ब बराबरको

डढेलो लगाउनेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी