अफ्रिकामा इबोलाका बिरामी देखिएपछि डब्लूएचओको आकस्मिक बैठक | Khabarhub Khabarhub

अफ्रिकामा इबोलाका बिरामी देखिएपछि डब्लूएचओको आकस्मिक बैठक


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेनेभा– अफ्रिकी मुलुकहरु प्रजातान्त्रिक गणतन्त्र कङ्गो र युगाण्डामा इबोलाका बिमारी फेला परेपछि विश्व स्वास्थ्य संगठन एब्लूएचओको आकस्मिक बैठक डाकिएको छ ।

बैठक शुक्रबारका लागि स्विट्जरल्याण्डको जेनेभामा डाकिएको बताइएको छ । बैठकले पछिल्लो इबोलाको महामारीलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य संकटको घोषणा गर्ने वा नगर्ने विषयमा निर्णय लिने जनाइएको छ । इबोलाका कारण पछिल्लो पटक युगाण्डामा दुई बालकको ज्यान गएपछि बैठक डाकिएको हो ।

शुरुमा प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा मात्र इबोलाको संक्रमण देखिएको थियो । पछि युगाण्डामा समेत इबोलाका बिमारी देखिएपछि यसलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य संकटका रुपमा घोषणा गर्नेबारे बैठक डाकिएको जनाइएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ३ : ५७ बजे

फिल्म ‘खजुरे ब्रो’ प्रिमियर (तस्बिरहरू)

काठमाडौं – मोडल तथा पूर्व मिस इन्टरनेशनल नेपाल नीति शाहको

दैनिक हिँड्नुका फाइदा

हिँडाइ सबै भन्दा सहज शारीरिक अभ्यास मानिन्छ। हिँड्न मन पराउनेको

सन्दीपको आक्रोस- गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फासी चढाइयोस्

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै

सुहाङ आज सांसद पदको शपथ लिँदै

काठमाडौं– गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस