शौचालय गएको बेला बलात्कार– दुई जना पक्राउ | Khabarhub Khabarhub

शौचालय गएको बेला बलात्कार– दुई जना पक्राउ


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– किशोरीमाथि सामुहिक बलात्कारको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

सप्तरी प्रहरीले सप्तरीको तिरहुत गाउँपालिका–४ का ३० वर्षीय मोहम्मद इद्रिस र १५ वर्षीय एक किशोरलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्राले बताए ।

प्रहरी नायब उपरीक्षक मिश्राका अनुसार पीडितकी आमाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा दिएको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरी थप अनुसन्धान थालिएको छ ।

शौचालयका लागि आइतबार राति घरबाट निक्लिएकी किशोरीलाई नियन्त्रणमा लिई एकान्त बगैँचामा लगेर बलात्कार गरेको पीडितले बताइन् । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  १ : ५२ बजे

धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण अलपत्र

कैलाली– धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति पर्याप्त बजेट नहुँदा

मुहान सुकेपछि ट्याङ्करको पानीमा निर्भर

पाँचथर– सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का

हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम

हुम्ला– ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ भन्ने

सयको नोटमा चुच्चे नक्साबारे भारतको असन्तुष्टि

काठमाडौं– नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य