पत्रकार गेलाङको शव ३ दिनदेखि अस्पतालमै | Khabarhub Khabarhub

पत्रकार गेलाङको शव ३ दिनदेखि अस्पतालमै


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सुर्खेतका सहसचिव तथा सुर्खेत पहिचान दैनिकका प्रकाशक/सम्पादक नन्दबहादुर गेलाङको शव ३ दिनदेखि अस्पतालमै छ ।

गाडी साहु वार्तामा नआएको र प्रतिनिधिका रूपमा खटाइएका मध्यपश्चिम ट्रक तथा ट्र्यांक्टर व्यवसायी सङ्घका अध्यक्ष प्रकाश अधिकारीले मृतक पत्रकार गेलाङका आफन्तले माग राखेको क्षतिपूर्ति रकमको जोखिम लिन नमानेपछि शव अस्पतालमै रहेको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक निरोज चौलागाईंले जानकारी दिए । आफन्तले शव बुझ्न नमानेपछि शव परीक्षण हुननसकेको उनले बताए ।

आज गाडी साहु आउने र घटनाको टुङ्गो लाग्ने उनको भनाइ छ । पीडितपक्षले बालबालिको पालनपोषण, उनीहरुको शिक्षादीक्षा र रोजगारी सुनिश्चितता गर्नुपर्ने, ३० लाख क्षतिपूर्ति दिनुपर्ने माग राख्दै आएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ सुर्खेतका संस्थापक अध्यक्ष तथा लेकबेँसी नगरपालिका–७ सुर्खेतका ३८ वर्षीय पत्रकार गेलाङ १५ वर्षयतादेखि रेडियो तथा पत्रपत्रिकामा काम गर्दै आएका थिए ।

बुधबार रुकुमबाट छिन्चुतर्फ आइरहेको बा५ख १६८३ नंको टिपरले भे८प ७६०४ नंको मोटरसाइकलमा सवार पत्रकार गेलाङलाई बिहान ११:४५ बजे ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीले टिपर चालक कालु भनिने (सन्तबहादुर राई)लाई बुधबार बेलुका कोहलपुर बाँकेबाट नियन्त्रणमा लिइसकेको जनाएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ९ : २८ बजे

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

वेस्ट इन्डिज ‘ए’ संगको खेलका लागि उत्साहित छौं : रोहित पौडेल

काठमाडौं – नेपाल आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला

दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा

झुटो समाचारमा नाम जोडिएकोमा आश्चर्यचकित र स्तब्ध छु : न्यायाधीश भट्टराई

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले विभिन्न सञ्चार माध्यमबाट आफ्नो

आगलागी प्रभावितको राहत तथा उद्धारमा जुट्न देउवाको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका