समुद्री आँधीले बाटो फेर्‍यो : भारतमा ३ लाख मानिस सुरक्षित स्थान सारियो | Khabarhub Khabarhub

समुद्री आँधीले बाटो फेर्‍यो : भारतमा ३ लाख मानिस सुरक्षित स्थान सारियो


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-भारतको गुजरात राज्यमा बढी प्रभाव पार्ने गरी आउने अनुमान गरिएको समुन्द्री आँधीले बाटो फेरेको छ । यो आँधीको जोखिमबाट जोगाउन गुजरातलगायतका क्षेत्रबाट ३ लाख बढी नागरिकलाई सुरक्षित स्थान सारिएको छ । तर, अहिले आएर समुन्द्री आँधीले बाटो फेरेका कारण जोखिमको धेरै सम्भावना नरहेको मौसमविद् बताउँछन् ।

यो आँधी अहिले बाटो फेरेर अरब सागरतिरै फर्किएको छ। नराम्रो प्रभाव पार्ने अनुमानसहित आँधीको मार्ग आँकलन गरिएका क्षेत्रबाट तीन लाख बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको थियो।

आँधीको बाटो परिवर्तन भएपनि स्थानीय ठाउँमा अहिले पनि ठूलो हावाहुरी चलिरहेको छ । त्यसैले पहिले अनुमान गरिएको आँधीको मार्गमा पनि सुरक्षा सतर्कता अपनाइएको छ । तटीय क्षेत्रमा आएपछि आँधीको वेग प्रतिघण्टा १७० किलोमिटर जति हुने अनुमान गरिएको थियो।

प्रधानमन्त्री नरेन्द्र मोदीले आँधी आउने स्थानमा मानिसहरूलाई सुरक्षित रहन आग्रह गरेका थिए। रेल तथा हवाई उडान सेवा तत्कालका लागि स्थगित गरिएको थियो भने गुजरातको प्रमुख समुद्री बन्दरगाह पनि बन्द गरिएको थियो। विद्यालयहरू पनि बन्द गर्न आदेश दिइएको थियो।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ७ : ३६ बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको