विस्तार गरिएकै दिन काटियो खानेपानीको पाइपलाइन | Khabarhub Khabarhub

विस्तार गरिएकै दिन काटियो खानेपानीको पाइपलाइन


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


बेत्रावती– नुवाकोटको विदुर नगरपालिका–१३ कल्याणपुरमा एक खानेपानी आयोजनाको पाइप लाइन विस्तार गरिएकै दिन ठाउँ ठाउँमा काटिएको छ ।

मुहान विवादका कारण खानेपानी योजनाको पाइपलाइन विस्तार भएकै दिन क्षति पुर्‍याइएको स्थानीयले जनाएका छन् ।

विदुर नगरपालिकाले १ लाख १ हजार रुपैयाँ बजेट विनियोजन गरी विस्तार  सोमबार विस्तार गरिएको करीब ९०० मिटर लम्बाइको ३२ एमएमको पाइप सोमबार राति काटिएको हो ।

घट्टेखोला मुहान गरेर आमथाङको बाँझोगाउँस्थित बस्तीमा ल्याइएको खानेपानीको पाइप विभिन्न स्थानमा टुक्रा–टुक्रा बनाएर काटिएको वडाध्यक्ष दलबहादुर तामाङले जानकारी दिए । उनका अनुसार सोमबार दिनभर लगाएर गाडिएको पाइप गए राति २५ भन्दा बढी टुक्रा बनाएर क्षति पुर्‍याइएको छ ।

उक्त पाइपलाइनमा क्षति बनाउन सोही स्थानका असहमति राख्ने व्यक्तिको संलग्नता हुनसक्ने उनको अनुमान छ ।

खानेपानी योजनाका लागि घट्टेखोला मुहानबाट पानी ल्याउन सोही स्थानका अन्य बस्तीका बासिन्दाले असहमति जनाउँदै आएका थिए । विरोधका बीच योजना कार्यान्वयनमा ल्याएलगत्तै क्षति पुर्‍याइएकाले यसअघि उक्त योजनामा विवाद गर्ने स्थानीय व्यक्तिमाथि अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  ११ : ०५ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको