बाढीले ३ घर विस्थापित | Khabarhub Khabarhub

बाढीले ३ घर विस्थापित


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- भारी वर्षाका कारण आएको बाढीले बागलुङमा ३ परिवार विस्थापित भएका छन् । सोमबार साँझ परेको भारी वर्षाका कारण बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–६ खालमा तीन घरमा ठूलो क्षति पुर्‍याएको हो ।

पानीसँगै माथिबाट आएको भलले लोकमार्ग छेउमै रहेको स्थानीय गोठे सार्कीको छाप्रे घर पुरेको छ भने गोपाल श्रेष्ठ र गङ्गे सार्कीको घरमा बाढी पसेका कारण पनि क्षति पुगेको वडाध्यक्ष मौसमकाजी क्षेत्रीले जानकारी दिए । घ्वाङ्गखोलाको भलसहित आएको बाढीले घरमा क्षति पुर्‍याउँदा बस्नै नमिल्ने गरी क्षति पुर्‍याएको हो । विस्थापित तीन घरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको अध्यक्ष क्षेत्रीले जानकारी दिए ।

माथिबाट आएको बाढीका कारण झण्डै दुई घण्टा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको थियो । बाढीका कारण लोकमार्ग अवरुद्ध भएपछि तत्कालै जेसिभीको सहायताले सडक खुलाइएको अध्यक्ष क्षेत्रीले बताए । करीब एक घण्टासम्म आएको भारी वर्षाका कारण स्थानीय त्रसित भएका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  ९ : ०८ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी