भ्रष्टाचारको अभियोगमा चिनियाँ पूर्व उप अर्थमन्त्रीलाई १५ वर्ष जेल सजाय | Khabarhub Khabarhub

भ्रष्टाचारको अभियोगमा चिनियाँ पूर्व उप अर्थमन्त्रीलाई १५ वर्ष जेल सजाय


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन– भ्रष्टाचारको अभियोगमा दोषी पाइएपछि चीनका पूर्व उप अर्थमन्त्रीलाई १५ वर्षको जेल सजाय सुनाइएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको शीर्ष पदमा रहिसकेका पूर्व उप अर्थमन्त्री झाङ शाओचुङले करोडौं युआन अनियमितता तथा भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर गर्दै राजधानी बेइजिङमा रहेको दोश्रो इन्टरमिडिएट जन अदालतले १५ वर्षको जेल सजाय सुनाएको हो ।

सन् १९९५ देखि सन् २०१८ सम्म विभिन्न पदमा रहँदा उनले आफ्नो अधिकारको दुरुपयोग गरी व्यक्तिगत पदोन्नती, विद्यालयमा भर्ना गराएको तथा व्यापारिक फाइदा दिलाएको अभियोगमा समेत दोषी पाइएको छ । त्यसको बदलामा उनले उपहारका नाममा झण्डै ६ करोड ७० लाख युआन लिएको अदालतको ठहर छ ।

त्यस्तै उनलाई अरु ६० लाख युआन जरिवाना समेत तिराइएको छ । त्यसबाहेक उनले अवैध तरिकाले कमाएको भनिएको सबै सम्पत्ति राज्यकोषमा दाखिला गर्न समेत अदालतले आदेश दिएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  ७ : ०८ बजे

तुम्लिङटार विमानस्थलमा उडान ठप्प

किमाथांका– सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ

रामेछापबाट काठमाडौँ आउँदै गरेको माइक्रो दुर्घटना, ६ जना घाइते 

काठमाडौं– रामेछापबाट काठमाडौँ आउँदै गरेको विद्युतीय माइक्रो दुर्घटनामा परेको छ

अस्थिरता नेपालको विकासका लागि घातक : प्रवक्ता महत

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीतिक अस्थिरता नेपालको

भङ्गहा–जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने

काठमाडौं– भङ्गहा–जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने भएको छ

लोकप्रिय बन्दै कोदोको बिस्कुट

गलकोट– बागलुङको काठेखोला गाउँपालिकामा उत्पादन सुरु भएकोको कोदोको बिस्कुट छोटो