प्रहरीलाई साढे ३ लाख रुपैयाँ घुस दिन खोज्ने ३ जना पक्राउ | Khabarhub Khabarhub

प्रहरीलाई साढे ३ लाख रुपैयाँ घुस दिन खोज्ने ३ जना पक्राउ


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरपालिका–१५ चमतीमा प्रहरीलाई घुस दिन खोज्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अवैध रुपमा लत्ताकपडा बोकेर आउँदै गरेको बा५ख ४८४२ नंको बसमा जाँच गर्ने क्रममा प्रहरीलाई ३ लाख ५० हजार दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने बस चालकसमेत तीन जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा बसका चालक काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू बस्ने सर्लाहीका श्याम विश्वकर्मा, काठमाडौँ महानगरपालिका–१४ कलङ्की बस्ने सुर्खेतका दीपा रानामगर र नुवाकोट ककनी गाउँपालिका–२ का भरत तामाङ रहेका छन् ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले गए राति उक्त बस जाँच गर्ने क्रममा अवैध रुपमा ल्याएको लत्ताकपडा बरामद गर्न खोज्दा प्रहरीलाई घुस दिन खोजेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसैबीच काठमाडौँ महानगरपालिका– ३० का वीरबहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ महानगरपालिका–३ टोखाबाट ४० वर्षीय नरबहादुर क्षेत्रीसहित नौ जनालाई रु दुई लाख ३६ हजारसहित पक्राउ गरिएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  ५ : ३७ बजे

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन

आजको मौसम : कतै हावाहुरी, कतै छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल