रात्रिक्लब बाहिर गोली चल्दा अस्ट्रेलियामा एक जनाको मृत्यु | Khabarhub Khabarhub

रात्रिक्लब बाहिर गोली चल्दा अस्ट्रेलियामा एक जनाको मृत्यु


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लबर्न– अस्ट्रेलियाको लोकप्रिय रात्रिक्लब बाहिर गोली चल्दा १ सुरक्षा गार्डको मृत्यु भएको छ भने अर्का १ व्यक्ति गम्भीर घाइते भएका छन् ।

प्रहरीले आइतबार बिहानीपख मेलबर्नस्थित लभ मेसिन रात्रिक्लब बाहिर भएको यस गोलीकाण्डमा ४ जनामाथि गोली लागेको जनाएको छ । गोली लागेकामध्ये ३ जना सुरक्षा गार्ड रहेका छन् ।

रात्रिक्लब बाहिर रमाइलो गरिरहेका व्यक्तिमाथि सडकमा रोकिराखेको कारबाट गोली प्रहार गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । भिक्टोरिया प्रहरी अधिकृत एन्ड्रु स्टाम्परले भने, “यो निकै भयानक कार्य हो । यो व्यस्त रात्रिक्लब हो, मेलबर्नको मुख्य मनोरञ्जन क्लब पनि हो ।”

गोली लागेका ३७ वर्षीय सुरक्षा गार्डको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

अर्का २८ वर्षीय व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर छ भने २९ वर्षीय र ५० वर्षीय अरु दुई जनाको अवस्था सामान्य रहेको छ, प्रहरीले जनाएको छ ।

एक जना प्रहरी प्रवक्ताले यो गोलीकाण्ड आतङ्कवादसँग सम्बन्धित नदेखिएको बताएका छन् । अनुसन्धाताहरुले मोटरसाइकलमा हिँडेको अराजक झुण्डले गोली चलाएको आशंकामा छानबिन गरिरहेको प्रहरीले जनाएको छ ।

गत मार्चमै मेलबोर्नमा भएको गोलीकाण्डमा पाँच जनाको ज्यान गएको थियो । अस्ट्रेलियामा ठूलो जनसमूहमाथि गोली चलाउने प्रवृत्ति हालसम्म देखिएको छैन । पोर्ट आर्थरमा एक जना बन्दुकधारीले ३५ जनाको निर्मम हत्या गरेपछि सन् १९९६ देखि अस्ट्रेलियामा बन्दुकसम्बन्धी कठोर कानुन ल्याइएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  १ : ४७ बजे

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि क्रिकेटमा नेपाल पराजितसम्म

संघीय संसद्‍को बजेट अधिवेशन आह्वान सरकारले संसद्को बजेट अधिवेशन आह्वान

मन्त्रिपरिषद् बैठक : संसद् आह्वान, डढेलो निभाउन सबै शक्ति लगाउने

सरकारले सरकारले वैशाख २८ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको

सरकारले गरिबी निवारणमा जोड दिनुपर्छ : ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले

भारतका महालेखापरीक्षकले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका छिमेकी मित्रराष्ट्र

भारतको कारखानामा विस्फोट हुँदा दुई जनाको मृत्यु

नयाँदिल्ली– उत्तरी भारतीय राज्य पन्जाबको रबर कारखानाभित्र विस्फोट हुँदा दुई