हलमा ‘ए मेरो हजुर ३’ आक्रामक, अनमोल र सुहानाको क्रेज देखियो | Khabarhub Khabarhub

हलमा ‘ए मेरो हजुर ३’ आक्रामक, अनमोल र सुहानाको क्रेज देखियो


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नयाँ वर्ष पारेर रिलिज गरिएको अनमोल केसी र सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ३’ हेर्न हलमा दर्शक उर्लेका छन् । समीक्षात्मक रुपमा औसत प्रतिक्रिया पाएको यो फिल्मको शुक्रवार र शनिवार पनि दिनभर हलमा दर्शकको क्रेज देखियो ।

शनिवार निर्माण टिम राजधानीका विभिन्न हल पुगेर दर्शकसँग साक्षात्कार गरेका थियो । हलमा अनमोल र सुहानाको उस्तै क्रेज देखिएको थियो । शनिवार पनि राजधानी र मोफसलका केही हलमा सिनेमा हेर्न दर्शकले रुचि देखाएका छन् ।

आज नयाँ वर्षको दिन पनि हलमा बिहानैदेखि दर्शकको चाप देखिएको निर्माण टिमले बताएको छ । राजधानी र मोफसलमा पनि फिल्मले राम्रो व्यापार गरेको बताइएको छ । क्युएफएक्सले फिल्मको शो सङ्ख्या थपेको छ ।

तस्वीर – विवेक बस्याल

झरना थापाले निर्देशन गरेको यो फिल्ममा एक स्टार र फ्यानको प्रेमलाई उठाइएको छ । फिल्ममा अनमोलले सुपरस्टार प्रेमको भूमिकामा अभिनय गरेका छन् भने सुहाना थापाले आर्याको भूमिका निभाएकी छिन् ।

झरनाकै निर्देशन रहेको पहिलो फिल्म ‘ए मेरो हजुर २’ पनि व्यावसायिक रुपमा सफल भएको थियो ।

‘ए मेरो हजुर ३’ मा सुनीलकुमार थापाको निर्माण छ भने अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको अभिनय छ ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  १२ : ५७ बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले