इङ्लिस प्रिमियर लिग : टोटनह्याम र युनाइटेडको स्तरवृद्धि | Khabarhub Khabarhub

इङ्लिस प्रिमियर लिग : टोटनह्याम र युनाइटेडको स्तरवृद्धि


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– इङ्लिस प्रिमियर लिगमा जीत हात पारेका टोटनह्याम हट्सपुर र म्यान्चेस्टर युनाइटेडले आफ्नो स्तरवृद्धि गरेका छन् । चौथौ स्थानमा रहेको टोटनह्यामले हडर्सफिल्डलाई पराजित गर्दै शीर्ष तेस्रो स्थानमा उक्लिएको छ भने छैठौं स्थानमा रहेको युनाइटेडले वेष्ट हाम युनाइटेडलाई पराजित गर्दै शीर्ष ५ मा स्थान पक्का गरेको छ ।

टोटनह्यामले हडर्सफिल्डलाई ४—० गोल अन्तरले पराजित गरेको थियो । टोटनह्यामका लागि लुकाज माउराले ह्याट्रिक गरे भने भिक्टर वान्यमाले एक गोल गरेका थिए । माउराले खेलको २७, ८७ र ९३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए भने वानयामले २४ औं मिनेटमा गोल गरेका थिए ।

आक्रमक बनेको टोटनह्यामविरुद्ध हडसैफिल्डले गोल फर्काउन सकेन । जीतसँगै शीर्ष तेस्रो बनेको टोटनह्यामको चौथो स्थानको चेल्सीभन्दा १ अंकले अघि रहेको छ । टोटनह्यामको ६७ अंक छ ।

शनिबार रानति नै भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले वेष्टहामलाई २—१ गोल अन्तरले पराजित गरेको थियो । युनाइटेडका लागि पाउल पोग्वाले दुवै गोल पेनाल्टीमार्फत् गरे । उनले खेलको १९ औं र ८० औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गरेका थिए ।

जीत हात पारेको युनाइटेड छैठौं स्थानबाट पाँचौमा बडुवा भएको हो । युनाइटेडले ६४ अंक जोडेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  ११ : ३४ बजे

रसिया–युक्रेन युद्ध : एक घाइते रोल्पालीको बकपत्र

मेरो घर रोल्पाको लुङग्री गाउँपालिकामा पर्छ । उमेरले म ४४

लोसपा सांसदिय दलका नेता शर्मा निलम्बित

जनकपुरधाम –  लोकतान्त्रीक समाजवादी पार्टी नेपालका सांसद अभिराम शर्मालाई निलम्बन

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार

काठमाडौँ–  काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३० जनाले

६ जना सचिवको सरुवा गर्ने मन्त्रिपरिषद्‌‌को निर्णय

काठमाडौं – सरकारले ६ जना सचिवको सरुवा गरेको छ। बिहीबार

पर्याप्त सुधार गरेर आगामी बजेट ल्याउने तयारीमा छौँ : अर्थमन्त्री पुन

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले पर्याप्त सुधार गरेर आगामी वर्षको बजेट