नयाँ वर्ष २०७६ शुरु, शुभकामना आदान प्रदान गरी मनाइँदै | Khabarhub Khabarhub

नयाँ वर्ष २०७६ शुरु, शुभकामना आदान प्रदान गरी मनाइँदै


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजबाट नयाँ वर्ष २०७६ प्रारम्भ भएको छ ।

नयाँ वर्ष प्रारम्भ भएको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीले एक आपसमा शुभकामना आदनप्रदान गरि नयाँ वर्षको पहिलो दिन उल्लास र उमंगका साथ मनाउँदैछन् ।

सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन वैशाख सङ्क्रान्तिलाई वर्षको पहिलो दिनका रुपमा लिने गरिन्छ । हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता–असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता पाउन आज नयाँ योजनाको सङ्कल्प गर्दछन् ।

नयाँ वर्षको पहिलो दिन बिहानै स्नान गर्ने, घरआँगन सफा गर्ने, देवीदेवताको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने, साथीभाइ तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना साटासाट गर्ने प्रचलन रहिआएको छ । यस दिन स्नान र दान गरेमा पुण्य कमाइने धार्मिक विश्वास रहेको छ ।

नयाँ वर्षका अवसरमा बूढानीलकण्ठ र गोकर्णेश्वर नगरपालिकाको सीमामा रहेको वाग्द्वार ९वागमती नदीको उद्गमस्थल० लगायतका स्थानमा आइतबार विशेष मेला लाग्छ ।

काठमाडौँको उत्तर पश्चिमी भेगस्थित टोखाको खहरे अर्थात् सपन तीर्थमा यस दिन स्नान गरेमा शारीरिक तन्दुरुस्तता प्राप्त हुने जनविश्वास छ । आजको दिन पशुपतिनाथ लगायतका धार्मिक स्थलहरुको दर्शनका लागि मानिसहरु जाने गरेका कारण विहानै देखि मठमन्दीरमा भक्तजनको घुँइचो लागेको छ ।

नयाँ वर्षकै अवसरमा भक्तपुरमा एक साता लामो बिस्केट जात्रा मनाइन्छ । यो जात्रा वैशाख १ गते नै उत्कर्षमा पुग्छ । यसबाहेकका जिल्लामा चैत मसान्तका दिन लिङ्गो ठड्याई वैशाख १ गते ढलाउने गरिन्छ ।

त्यस्तै सिराहामा अवस्थित सलहेस बगैँचामा वर्षमा एक दिन वैशाख १ गते मात्र फुल्ने अचम्मको फूल सलहेसको पूजा र दर्शन गर्न आउने दर्शनार्थीको यस दिन ठूलो भिड लाग्ने गर्दछ ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  ६ : ५० बजे

घरभँडुवा नेताबाट सावधान !

जुनसुकै घरपरिवारमा सामान्य मतभेद, विवाद वा अन्तरविरोध विद्यमान रहन्छ ।

उपेन्द्र यादव प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा

काठमाडौं- उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक यही

अनुदानको प्रतीक्षामा बाँकेका किसान

राँझा– नेपालगञ्जस्थित कृषि ज्ञान केन्द्रमा कृषि अनुदानका लागि दैनिक किसानको